बुटवल । राउन्ड टेबल नेपालद्धारा फोहोर ब्यवस्थापन अभियान अन्तर्गत डस्ट्बिन बितरण गरेको छ ।
बुटवल टाइगर्स राउन्ड टेबल २८ को आयोजनामा ईलाका ईलाका प्रहरी कार्यालय बुटवल, ट्राफिक प्रहरी कार्यालय बुटवल , सामुदायिक प्रहरी बिट गोलपार्क, ट्राफिक चोक, सुक्खानगर, अमरपथ मा १२ थान डस्वीन वितरण गरेको हो ।
बुटवल राउन्ड टेबल २८का अध्यक्ष टेबलर उमेश अमात्य का अनुसार सामाजिक सेवा भावले सहयोग प्रदान गरिएको जानकारी दिए । कार्यक्रम संयोजक टेबलर रिषव वझा का अनुसार प्रहरी कार्यालयमा फोहर व्यवस्थापनका लागि सहयोग प्रदान गरिएको जानकारी दिए ।












