अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपािलका सहित ३ पलिकाका अध्यक्ष/उपाध्यक्ष पदका उम्मेद्वारलाइ निर्वाचन आयाेगले ३ लाख ५० हजार जरिवाना ताेकेकाे छ ।
स्थानीय तहकाे निर्वाचन २०७९ मा गरेकाे खर्चकाे बिवरणा समयमै नबुझाएकाे, स्पष्टिकरण चित्त बुझ्दाे नदिएकाे भन्दै स्थानीय निर्वाचनका उम्मेद्वारलाइ निर्वाचन आयाेगले जरिवाना ताेकेकाे हाे । अर्घाखाँचीका ३ वटा पालिकाका १३ जना अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेद्वारलाइ जनहि ३ लाख ५० हजारका दरले जरिवाना ताेकीएकाे हाे ।
जरिवानामा पर्नेमा छत्रदेव गाउँपालिका ६ जना, पाणिनी गाउँपालिका ४ जना र मालारानि गाउँपालिकाका ३ जना गरि १३ जना अध्यक्ष, उपाध्यक्ष पदका उम्मेद्वार रहेका छन् ।
छत्रदेव गाउँपालिका
छत्रदेव गाउँपालिकाका निर्वाचित अध्यक्ष चन्द्रमान श्रेष्ठ सहित ४ जना अध्यक्ष पदका उम्मेद्वार र २ जना उपाध्यक्ष पदका उम्मेद्वार आयाेगको जरिवानामा परेका हुन् ।
जरिवानामा पर्नेमा अध्यक्ष पदका उम्मेद्वार दीपक पन्थी नपेाल कम्युनिष्ट पार्टी (एमाले) ,पशुपति पाण्डे ववेकशील साझा पार्टी, गोपाल प्रसाद पाण्डेय राष्ट्रिय प्रजातन्त्र पार्टी र उपाध्यक्षका उम्मेद्वार इन्दिरा भुसाल नपेाली काँग्रेस र रेखा कुंवर राष्ट्रिय प्रजातन्त्र पार्टीका रहेका छन् ।
पाणिनी गाउँपालिका
पाणिनी गाउँपालिकाका २ अध्यक्ष र २ जना उपाध्यक्ष गरी ४ जना उम्मेद्वार गरि ४ जना जरिवानामा परेका छन् ।
जरिवानामा पर्नेमा निवर्तमान पालिका अध्यक्ष अच्युत गाैतम सहित अर्का अध्यक्ष पदका उम्मेद्वार राष्ट्रिय प्रजातन्त्र पार्टीका फर्सुराम पौडेल तथा पुर्वपालिका उपाध्यक्ष लक्ष्र्मि गाैतम सहित स्वतन्त्रबाट उपाध्यक्षका उम्मेद्वार बनेका बेदराज घिमिरे रहेका छन् ।
मालारानी गाउँपालिका
मालारानी गाउँपाललिकामा २ अध्यक्ष र १ उपाध्यक्ष गरी ३ जना उम्मेद्वार जरिवानामा परेका छन् ।
जरिवानामा पर्नेमा अध्यक्ष पदका उम्मेद्वार नपेाल कम्युनिष्ट पार्टी (माओवादी केन्त्र) का पदम क्षेत्रि, स्वतन्त्रबाट उम्मेद्वार बनेका अर्जुन खनाल र स्वतन्त्रबाट उपाध्यक्ष पदका उम्मेद्वार बनेका लाल बहादुर बस्नेत रहेका छन् ।
स्थानीय निर्वाचनकाे मत परिणाम आएकाे ३० दिन भित्र खर्च बिवरण पेश गर्नुपर्ने प्रावधान छ ।













