प्रलेश अर्घाखाँचीको आयोजनामा सामाजिक सचेतना कार्यक्रम सम्पन्न

हृदय भुसाल,
अर्घाखाँची । प्रगतिशील लेखक संघको ७१ औं स्थापना दिवसको अवसरमा आयोजित सामाजिक विकृति विसङ्गती नियन्त्रणमा प्रलेसको भुमिका विषयक सामाजिक सचेतना कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाट्न गर्दे प्रलेश केन्द्रीय सदस्य बिजुला रायमाझीले समाजका विकृति र पाश्चात्य संस्कृतिको साम्राज्यलाई निराकरण गर्न बिचार र कलाको संयोजनबाट अभियान चलाउन जरुरी रहेको बताउदै अभियानको रुपमा अगाडी बढ्नु पर्ने बताईन् । केन्दिय सदस्य रायमाझीले भनिन,‘बिग्रिएको रिति,थिती र संस्कृतीलाई सुधार गर्न सबै सरोकारवाला आफ्नो ठाउँबाट जुरमुराउनु पर्छ ,हामी घरघर बाट बिकृतीको अत्यका लागी लाग्न जरुरी छ, बिगृती बिसंगतीको अन्त गरि प्रगतीशिल रुपान्तरण सहितका समातामुलक समाज निमार्णमा हाम्रा लेख कला आजको आबश्यकता हो’ ।

सामाजिक बिकृतीको अन्त्य र समाजवाद निमार्णको यात्रामा अनेक चुनौतीका साथ ५ दशक बिताउदा पनि सोचे जस्तो उपलब्धी हाशिल गर्न नसकेको बामपन्थी लेखक तथा नेता जर्नादन खनालले बताए ।

सिध्दान्त र ब्यवहार फरक हुदै जादा सामाजिक बिकृतीमा समेत दिनानुदिन बिकृती थपिदै गएको बामपन्थी नेता सागर केसीले बताए । कार्यक्रमम प्रलेश लुम्बिनी प्रदेश सदस्य माधबा भुसाल,प्रध्यापक तथा सल्लाहकार बुद्धिराम भुसाल,पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतले प्रर्बचन मनब्य ब्यक्त गरेको थिए ।

संघका कोषाध्यक्ष जिबनारायण खनाल ले कार्यक्रमका बिषयबस्तु तथा उदेश्य प्रस्तुत गरिएको एकदिने सामाजिक सचेतना कार्यक्रममा जिल्ला रहेको लेखन कला साहित्य क्षेत्रका अग्रजहरुले बिभिन्न कबिता गजल कथा बिभिन्न बिषयका लेख रचनाहरु प्रस्तुत गरेका थिए ।

सचेतना कार्यक्रममाः बिष्णु बस्याल गोपालप्रसाद भट्टराई,पिताम्बर भट्टराई ,चोपनारायण बन्जाडे ,माया भुसाल,बिष्णु प्रसाद भुसाल, इश्वरा पराजुली, कृष्ण प्रसाद भुसाल, लगायतले रचना प्रस्तुत गर्दे कम्युनिष्टहरु बोल्ने एउटा गर्ने अर्को हुँदा समस्या उत्पन्न भएकोले व्यबहार नसच्याए सम्म समाजको विकृतिले नछाड्ने भन्दै पँुजीवादी चिन्तन र पश्चिमा संस्कृतिले नेपाली साहित्य र संस्कृतिलाई प्रहार गरेकोमा चिन्ता व्यक्त, गर्दे रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रम प्रगतिशिल लेखक संघका जिल्ला अध्यक्ष अध्यक्षःकमल प्रसाद घिमिरेको अध्यक्ष सचिब भेष बहादुर केसीको संचालन सहसचिब हृदय भुसालको स्वागत मनतब्य मा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?