साउदी अरबको प्रधानमन्त्री बने राजकुमार सलमान

एजेन्सी । राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुल अजिज अल साउद साउदी अरबको प्रधानमन्त्री नियुक्त भएका छन्।

साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले दिएको मन्त्रिपरिषद् फेरबदलको आदेशअनुसार राजकुमार सलमानलाई प्रधानमन्त्री बनाइएको साउदी प्रेस एजेन्सी एसपीएले जनाएको छ।

त्यस्तै राजा सलमानका दोस्रो छोरा राजकुमार खालिद बिन सलमान रक्षामन्त्री बन्ने भएका छन्। मन्त्रिपरिषद् पुनर्गठनमा युसुफ बिन अब्दुल्लाह बिन मोहम्मद अल बानायनलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको छ।

फेरबदल नभएका मन्त्रीहरूमा राजकुमार अब्दुलअजिज बिन सलमान ऊर्जामन्त्री, राजकुमार फैसल बिन फरहानलाई विदेशमन्त्री, खालिद बिन अब्दुलअजिज अल–फलिहलाई लगानीमन्त्री, आन्तरिक मामिलामन्त्रीमा राजकुमार अब्दुलाजिज बिन साउद रहेका छन्।

बिन नायफ बिन अब्दुल अजीज र मोहम्मद बिन अब्दुल्लाह अल–जदान अर्थमन्त्री बनेको एसपीएले जनाएको छ।

८६ वर्षीय राजा सलमान इस्लामका पवित्र स्थलहरूको संरक्षक, युवराजको रूपमा साढे दुई वर्षभन्दा बढी समय बिताएपछि सन् २०१५ मा शासक बनेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?