प्रत्यक्षतर्फको उम्मेदवार टुङ्ग्याउन दलहरुलाई सकस, गठबन्धनमा कार्यदलले नसकेपछि शीर्ष नेतालाई जिम्मा

काठमाण्डाै । प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन गर्ने दिन नजिकिँदै गर्दा सबै दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा जुटेका छन् । तर मुख्य दलहरुलाई उम्मेदवार टुङ्गो लगाउन समस्या देखिएको छ ।

चुनावी कार्यक्रमअनुसार अबको ९ दिनपछि अर्थात असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् ।

मुख्य सत्तारूढ दल नेपाली कांग्रेसभित्र एकातिर समानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट सङ्ख्या र उम्मेदवार तय गर्न सकस भइरहेको छ । कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि समानुपातिक बन्दसूची सच्याउन र प्रत्यक्षमा संस्थापन इतर समूहका नेतालाई चित्त बुझाउने गरी सिट मिलाउन दबाब छ । माओवादी केन्द्रभित्र पनि समानुपातिक सूचीमा विवाद देखिएको छ भने प्रत्यक्षतर्फका उम्मेदवार तय गर्न सकेको छैन ।

सत्ता गठबन्धनकै दलहरु नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई पनि उम्मेदवार चयन गर्न सकस परिरहेको छ । गठबन्धनभित्र सिट सङ्ख्या बाँडफाँटकाे  कुरा नमिल्दा पनि सत्तारुढ दलहरुलाई आन्तरिक रुपमा उम्मेदवार टुङ्गो लगाउन समस्या भएको हो ।

गठबन्धनको हिजो निर्णायक भनिएको बैठकमा पनि सिट बाँडफाँटमा कुरा मिल्न सकेन । कार्यदलमा सहमति नभएपछि अब शीर्ष नेताहरुले लेनदेन गरेर मिलाउने तयारी भएको छ । कांग्रेसले ८४, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने गरी सहमति हुन लागेको भनिए पनि कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् ।

यस्तै, एमालेले पनि प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार टुङ्गो लगाउन बाँकी छ । एमालेले पर्सि आइतवारसम्ममा प्रत्यक्षतर्फका उम्मेदवार तय गर्ने बताउँदै आएकोे छ । एमालेको हिजो बसेको सचिवालय बैठकमा उम्मेदवारको विषयमा प्रारम्भिक छलफल भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले परामर्श गरेपछि मात्रै उम्मेदवारको नामावली टुङ्ग्याउने एमालेको तयारी छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?