आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन।

शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आएको बताएका हुन्। उनले पार्टीहरू चुनाव जित्न केन्द्रीत भएको आरोप लगाए।

उनले राजनीतिक दल र व्यवस्था जनताको लागि नभएर निश्चित नेताको पद प्राप्तिका लागि उपयोग हुन थालेको भन्दै संघर्षका लागि तयार रहन आह्वान गरे ।

‘जुन उदेश्यका साथ संस्थापकहरुले यो पार्टी बनाउनुभएको हो , त्यो उदेश्य प्राप्तिका लागि फेरि मेहेनत गर्नुपर्ने छ। पार्टी शुद्धीकरणका लागि विद्रोह अपरिहार्य भएको छ, थापाले भने ।

उनले चुनाव जित्नका लागि मात्रै गठबन्धन भएको आरोप समेत लगाए। थापाले अहिलेको सरकार डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न चुकेको पनि बताए।

‘सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,‘ थापाले भने, ‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौँ। तर, अहिले हाम्रै सरकारले काम गरेन।’

थापाले आपतकालीन बैठक बसेर तीनै तहका सरकार मिलेर अस्पतालको व्यवस्थापनदेखि डेङ्गु नियन्त्रणका लागि साझा योजनाबाट काम गर्नुपर्ने बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?