गुल्मी । नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सदस्य ,तथा १४ अौँ माहाधिवेशनका उपसभापतिका प्रत्यासी लोकप्रिय नेता डा.चन्द्र भण्डारीले स्वाभिमानको कदर भए पुनःगृह जिल्ला गुल्मीबाटै निर्वाचन लड्ने घोषणा गरेका छन् ।
गत २०७४ सालको प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका प्रदिप कुमार ज्ञवाली सँग पराजित भण्डारीले यस पटकको निर्वाचन पुनः गुल्मीबाटै लड्ने ईच्छा ब्यक्त गरेका हुन् । त्यसका लागि उनले आफू माथि उचित रुपमा स्वाभिमानको कदर हुनु पर्ने प्रस्ताव अगाडि सारेका छन्। १४अौँ महाधिवेशनमा शेखर कोईराला पक्षबाट उपसभापतिका प्रत्यासी भण्डारी उपसभापतिमा पराजित भएका थिए ।
महाधिवेशनमा झण्डै ४२ प्रतिशतको साथ पाएको कोईराला पक्षले आगामी निर्वाचनमा पनि ४० प्रतिशतको हिंसा खोजिरहेको छ । प्रतिनिधि शभा अन्तर्गत समानुपालिक तर्फको बन्द सुचिमा न्यून संख्यामा मात्र आफ्नो पक्षलाई समेटिएको भन्दै त्यसलाई तत्काल सच्याउन कोईराला समुहले सभापति देउवालाई दवाव पनि दिंदै आएको छ । नेता डा. भण्डारी पनि कोईराला पक्षधरकै एक प्रभावशाली नेता मानिन्छन् । गत निर्वानमा पराजित भए पनि फरक ढंगले नयाँ एजेन्डाका साथ निर्वाचन लड्ने भण्डारीको तयारी छ ।
अघिल्लो निर्वाचनमा गठवन्धन को समिकरण फरक थियो । त्यतिबेला नेकपा एमाले र नेकपा माओबादीबिच समिकरण बनेको थियो । यद्यपि अहिले नेकपा एमालेमा फुट आउनु, नेकपा माओबादी केन्द्रको साथ पाउनु, नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजबादी पार्टीको समेत साथ आफुलाई हुनुले निर्वाचनमा आफ्नो जित निश्चित रहेको उनको दाबी छ। कुनै नेताले राजनिती लाई देश अनि जनता सङ जोड्ने सामर्थ्य राख्नु पर्ने बताए।उहाँले सत्तारुढ पाँच दलिय गठबन्धनमा आवद्ध रहेका सवैदलहरुलाई अन्तरघात ,अविस्वास तथा अन्तरविरोधबाट टाढा रहेर गठबन्धनलाई थप मजबुत बनाउन पनि आग्रह गरेका छन्।
केही समय यता नेपाली काङ्ग्रेसको शेखर पक्ष संस्थापन पक्षसँग असन्तुष्ट भई नेकपा एमाले सँग सहकार्य गरि अगाडि बढ्ने गरी संवाद जारी रहेको भन्ने समाचार सरासर झुटो र अफबाहमात्र भएको भण्डारीको टिप्पणी छ। पार्टी सभापति देउवाले पहिले पार्टी भित्रको असन्तुष्टि तथा समस्यालाई समधान गरि गठबन्धनलाई समेत मजबुत बनाउन पहल गर्नु पर्नेमा उनको जोड छ । गत निर्वाचनमा पराजित हुनुको मुख्यकारण मुल कम्युनिस्ट पार्टीविच गठबन्धन हुनु रहेको बताएका छन्।












