संस्कृति र परम्पराको खानी : दशैँ घर दुर्गा मन्दिर पोखराथोक पाणिनी

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोकमा ९ कन्या र १ कुमारलाई पुजिएको छ ।

बिजया दशामीको अबसरमा मंगलबार नवमीकाे दिन पोखराथोक स्थित दशै घर दुर्गामन्दिरमा ९ कन्या र १ कुमारको पुजा तथा भोजन गराईएको हो ।

बिगतमा जस्तै यस बर्ष पनि १ बर्ष देखि ९ बर्ष सम्मका कन्या र १ जना कुमारको जलखाने, दक्षिणा दिने तथा भोजन गराउने परम्परा अनुसार यस बर्ष पनि देबिदेवताको रुप कन्या तथा कुमारमा होस भन्ने बिश्वासका साथ भोजन गराईएको पाणिनी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।

बिं सं. १६६५ देखि यो परम्परा चलिआएको बिश्वास छ । साथै दशै घर दुर्गा मन्दिरमा घटस्थापना देखी पुर्णिमा सम्म दुर्गा देबिको बिशेष पूजाआरधना हुने गर्छ ।

वडा अध्यक्ष पौडेलका अनुसार नवदुर्गाको पहिलो दिन देविको प्रतिस्थापन हुने गर्छ, फुलपातिको दिन फुलपाती भित्राउने, अष्टमिको दिन मध्यरातमा होम गर्ने, भजनकृतन गर्ने नवमिको दिन मौलो पुज्ने, कन्या पुज्ने, भोजन गराउने कार्यक्रम हुन्छ भने दसमिको दिन शुभसाइतमा देविको प्रसाद घरघरमा लगेर अक्षेतामा मिसाएर टीका लगाउने चलन छ ।

दशै घर दुर्गा मदिरमा दशैको दिन करिब ४ बजे देखि २ घन्टा टीका लगाइ सके पश्चात् सराय हुने गर्छ । देविको फुलपाती बिसर्जन हुने गर्छ ।

फुलपाती बिसर्जन पश्चात् पनि नियमित पुजा भने भैरहन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?