संविधान बचाउनका लागि लोकतान्त्रीक गठबन्धनको जित अपरिहार्य छ : पुष्पा भुसाल

अर्घाखाँची । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले संविधानको रक्षा गर्दै संविधान बचाउन लागि लोकतान्त्रीक गठबन्धनको जित अपरिहार्य रहेको बताईन् ।

रिपोर्टस क्लव नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सन्धिखर्कमा भएको साक्षात्कार कार्यक्रममा नेतृ भुसालले राष्ट्र र राष्ट्रियताको रक्षाका लागि पनि गठबन्धनको जित सुनिश्चित रहेको बताईन् ।

अर्घाखाँची जिल्लामा निर्वाचनमा जित्नै पर्छ, गठबन्धन दल एकतावद्व रूपमा अगाडि बढेका छौँ, जिल्लाको विकासका लागि काँग्रेसको योग्दान धेरै छ । गरिब जनता धनी भए मात्रै विकासको महसुस हुने भएकाले कृषि र पशुपालनबाट जनताको आयस्तरमा वृद्धि हुने भएकाले गठबन्धनको जित सुनिश्चित हुनुपर्ने बताईन् ।

प्रदेश सभा (कं)का लोकतान्त्रीक गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार विकले पुर्वाधार विकास सँगै कृषि र पशुपालनको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने बताए ।

प्रदेश सभा (ख) का उम्मेदवार तथा काँग्रेसका नेता कमलप्रसाद भुसालले पर्यटनको क्षेत्रबाट अर्घाखाँचीमा विकास सम्भव भएको बताए । उनले अर्घाखाँचीको विकासका लागि सुपादेउराली आएका पर्यटकलाई सन्धिखर्क, अर्घार मालारानी, छत्रदेव हुँदै पाणिनि सम्म लैजानेगरी वृहत् कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुशीला श्रीपालीले राजनितीक अस्तित्वका लागि अर्घाखाँचीमा गठबन्धनको जित हुनुपर्ने बताईन् ।

नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानले गठबन्धन भित्र एकजुट रहेको बताए । उनले अर्घाखाँचीको विकास र समृद्धिका लागि लोकतान्त्रीक गठबन्धनको जित हुनुपर्ने बताए ।

सोही अवसरमा नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा निर्वाचित प्रेमनारायण आचार्य, केन्द्रीय लेखा समिति सदस्य घनश्याम पौडेल, प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनाललाई सम्मान गरिएको छ ।

कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, सदस्य रूद्रमणि भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?