काठमाडौं । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई हजारौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनोरञ्जनको नाममा अनावश्यक खर्च गरि जन्मदिन मनाउने गरेको देखिन्छ ।
तर, सञ्चारकर्मी प्रर्मिला कार्कीले भने जन्मदिनको आश्रममा मनाएकी छन् । कार्कीले काठमाडौंको चाबहिल मुलपानीमा रहेको स्नेहा आश्रममा आफ्नो जन्मदिन मनाएकी हुन् । सोमबार उक्त आश्रमका अनाथ बालबालिकालाई कार्कीले भोजन गराएकी थिइन् । साथै, उक्त आश्रमलाई नगद सहयोग पनि गरिन् ।
जन्मदिनमा अनावश्यक खर्च गरि मनाउनु भन्दा सामाजिक कार्यमा खर्च गरेको उनले बताइन् । कार्की नेपाल न्यूज बैंकमा आबद्ध छिन् ।












