अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
स्थानीय बेङ्दि खोलाले बगाउदा छत्रदेव गाउँपालिका वडा नं. ३ का ६५ बर्षिय धन बहादुर घर्ति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घर्तिलाई मंगलबार दिउसो गोरु चराउन भनि खोलामा गएको बेला खोला तर्ने क्रममा बगाएकाे थियो ।
आज (मंगलबार) दिउँसो करिब १२ बजेतिर खोलाले बगाएर बेपत्ता भएका उनको खोजतलास गर्दा घटना स्थलदेखि १० किलो मिटर तल धोबिघाटमा शब फेला परेको थियो ।
उनको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा पुर्याईएको छ ।












