बिक्की सुवेदी : समस्यामा परेका नेपालीले सम्झिने सहयोगी नाम

पर्याप्त पैसा कमाउने र पारिवारिक सम्पन्नतालाई मजबुद बनाउने उद्देश्यले विदेशिएका पर्वत कुस्माका बिक्की सुवेदी समस्यामा परेका नेपालीको सहयोगमा जुट्छन् ।

रोजगारीका लागि पोर्चुगल पुगेका उनी अहिले नेपालीका सबैभन्दा कान्छा व्यवसायीको रुपमा पनि परिचित छन् । करिव एक दशकदेखि ब्यवसायमा सम्लग्न उनले आफ्नो ‘पावरफुल प्रिज्म एलडिए’ नामक कृषि कम्पनी स्थापना गरी आप्रबासीहरुलाई रोजगारी दिइरहेका छन् ।

सामाजिक सेवामा हात हालेका बिक्कीको समूहले अन्य दुई कम्पनीको स्थापना गरी करिब तीन हजार मानिसलाई रोजगारी दिएको छ । उनले स्थापना गरेको ‘हेल्प डेक्स इन पोर्चुगल’ नामक संस्था नेपाली कामदारहरुको सहयोगी बनेको छ ।

रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका र समस्यामा परेका आप्रबासीलाई यो संस्था साथी नै हो ।
‘जब म रोजगारीका लागि यहाँ आएँ त्यस पछि थाहा भयो वैदेशिक रोजगारी नेपालीले सोचे जस्तो सजिलो रहेनछ । झन्झटिलो कागजी प्रक्रियाले धेरै नेपालीलाई समस्यामा पारेको अवस्था थियो,’ उनले भने, ‘यहाँ आफूले भोगेको अनुभवले नै मलाई परदेशमा सहयोग गर्नु ठूलो धर्म कमाउनु हो भन्ने भावनाको विकास भयो ।´

पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भाषाको हो । यहाँका हरेक कार्यालयमा भाषा नजान्नेले कुनै काम सहज रुपमा गर्न सक्दैनन् । पोर्चुगिसहरू संग भाषा बिना काम गर्न कठिन छ । त्यसैले पोर्चुगल आउन चाहनेले भाषा सिकेर आउनुपर्ने सुझाव दिन्छन् ।

यही भाषागत समस्यामा परेर काम गर्न नसकेका नेपाली तथा अन्य देशका आप्रवासीलाई बिक्की सुवेदिकाे ‘हेल्प डेक्स इन पोर्चुगलले सहयोग गर्दै आएको छ । डकुमेण्टेसन तथा पोर्चुगलका विभिन्न सरकारी निकायमा पर्ने समस्याको समाधानका लागि यो संस्थाले काम गर्ने गरेको छ ।

पचास हजार भन्दा बढि नेपालीहरु बसोबास गर्ने पोर्चुगलमा नेपाली राजदुतावास नहुदा आप्रवासी नेपालीहरू समस्यामा रहेकोले पोर्चुगलमा नेपाली राजदुतावास स्थापना गर्न संस्था लागि परेकाे छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?