नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाण्डाै । नेपाली कांग्रेसले मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य भन्ने नारा उल्लेख छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले घोषणापत्र लेखेको हो ।

५२ पृष्ठको घोषणापत्रमा कांग्रेसले सङ्घीय संसद् र प्रदेश सभामा बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र सङ्घीय प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाइ प्रदेश र पालिकाको क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कांग्रेसले प्रतिनिधि सभालाई विघटन नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । सार्वजनिक खर्च कटौती, सार्वजनिक पदहरूमा नियुक्ति गर्दा विषयगत योग्यतासहितका मापदण्ड लागू, स्वदेशी उत्पादन र उपभोगमा वृद्धि, भ्रष्टाचार नियन्त्रणका लागि कानुनी सुधार र कार्यान्वयन, विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित जस्ता काम गर्ने कांग्रेसको प्रतिबद्धता रहेको छ ।

यस्तै, प्रदेश र पालिकालाई अनावश्यक हस्तक्षेप नगर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश नीति, वैदेशिक सहयोग र ठूला विकास परियोजनालाई क्षणिक लाभका लागि राजनीतिकरण नगर्ने, स्वार्थले द्वन्द्व सिर्जना हुने कुनै पनि निर्णय वा नीतिगत प्रक्रियामा संलग्न नहुने, लैङ्गिक विभेद तथा सामाजिक विकृतिलाई प्रोत्साहन पुग्ने कुनै पनि काममा संलग्न नहुने कांग्रेसको प्रतिबद्धता छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?