काठमाण्डौका तरुण युवाको प्रतिबद्धता: पुष्पा भुसाललाई जिताउन मरेर लाग्छौं

अर्घाखाँची । काठमाण्डौका तरुण युवाहरुले पुष्पा भुसाललाई जिताउन मरेर लाग्ने प्रतिबद्धता जनाएका छन् । १५ वर्ष सम्म सांसद र पटक-पटक मन्त्री सम्म भईसकेका नेताले उल्लेख्य काम गर्न नसकेको भन्दै यसपाली पुष्पा भुसाललाई जिताउन प्रतिबद्ध भएर लाग्ने उनिहरुले उद्घोष गरेका छन् ।

काठमाण्डौमा सम्पन्न अर्घाखाँचीको निर्वाचन केन्द्रित ‘सत्ता गठबन्धनको निर्वाचन विशेष कार्यक्रम’मा युवाहरुले परिवर्तन गर्न सम्भाव्यता बोकेको व्यक्तीबाट मात्र सम्भव भएकाले पटक-पटक अवसर पाएकाबाट अब पनि आश गर्नु बेकार रहेको बताएका छन् । निर्वाचन जिताए पुष्पा भुसालको मन्त्री पद पक्का भएको भन्दै विकासको काममा हातेमालो गरेर अगाडी बढ्नेमा युवाहरुले विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्घाखाँचीबाट प्रतिनिधिसभा पदका उम्मेदवार पुष्पा भुसालले आफ्नो यो कार्यकाल अन्तिम रहेको भन्दै यसपछी युवाहरुको पालो रहेको बताईन् । एक पटक र अन्तिम पटक आफुलाई मत दिन उनले आग्रह गरिन् । पहिलो चोटी निर्वाचित भएर आफुले संविधान निर्माणमा भुमिका खेलेको भन्दै भुसालले फुर्सदमा भएकाहरु जिल्लामा आएर फुर्ती लगाउने काम गरेको बताईन् । अर्घाखाँचीको समग्र बिकासमा आफ्नो पुरै ध्यान केन्द्रित रहेको भन्दै पाँच वर्षमा अर्घाखाँचीलाई अधारभुत कुराहरुमा सुसम्पन्न बताउने उनको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महत, नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्य, नेकपा एकिकृत समाजवादीका केन्द्रिय महासचिव डाक्टर बेदुराम भुसाल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट, नेपाली कांग्रेसका नेता ढुण्डीराज शास्त्री, पुर्व मन्त्री मान बहादुर विश्वकर्मा, रेवती प्रसाद भुसाल, डाक्टर राम बहादुर बिसी, नेपाली कांग्रेसका पुर्व केन्द्रीय आमन्त्रीत सदस्य तथा समानुपातिक उम्मेदवार बालकृष्ण पाण्डे, अर्घाखाँची प्रदेश सभा ‘ख’ का उम्मेदवार कमल प्रसाद भुसाल, प्रदेशसभा ‘क’ सदस्य पदका उम्मेद्वार सागर केसी,  नेकपा माओवादीका केन्द्रीय सदस्य शुसिला श्रीपाली, कांग्रेस नेता डाक्टर मुक्ति श्रेष्ठ लगायत गठबन्धन दलका नेताहरूको उपस्थिति रहेको थियोे ।

कार्यक्रम डाक्टर चिरञ्जिवी भट्टराईको अध्यक्षता, नेकपा एकीकृत समाजवादीका नेता तथा राष्ट्रिय युवा संघका सचिव सुशील भट्टराईको स्वागत मन्तव्य तथा नेकपा माओवादिका नेता विष्णु भाटको संचालनमा भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
लक्ष्मण घिमिरे
लेखकको बारेमा

लक्ष्मण घिमिरे

बिगत लामाे समय देखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका घिमिरे समाचारपाेष्ट डटकमका बरिष्ट संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?