अर्घाखाँची : पाणिनी गाउँपालिकामा नमुना मतदान

अर्घाखाँची । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नमुना मतदान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीको आयोजनामा पाणिनी गाउँपालिका वड नं. ८ पाली स्थित बाबुराम प्राबिमा मंगलबार नमुना मतदान गरिएको हो । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमुना मतपत्रमा मतदान गरिएको हो ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा एवं समानुपातिकतर्फको मतपत्रमा मतदान गरिएको हो । मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले वास्तविक मतदानका लागि समय कति लाग्छ र जटिलता कति हुन्छ भन्ने मापन गर्नका लागि पनि नमुना मतदान गरिएको बताए ।

मत बदर नहोस भनि सिकाइको रुपमा नमुना मतदान गरिएको प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरे, मुख्य निर्वाचन अधिकृत तथा न्यायधिस श्रीकृष्ण भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, निर्वाचन अधिकृत सुरेस भन्डारी, पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल,जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुख, वडा अध्यक्ष, राजनितिक दलका प्रतिनिधि, शिक्षक,कर्मचारी लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?