सलमानलाई ‘वाई प्लस’, अक्षय र अनुपमलाई ‘एक्स’ श्रेणीको सुरक्षा दिइने

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई भारतको महाराष्ट्र सरकारले वाई प्लस श्रेणीको सुरक्षा प्रदान गर्ने निर्णय गरेको छ । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको लरेन्स बिस्नोइ ग्याङले सलमानलाई ज्यान मार्ने धम्की दिएको दिएको विवरण सार्वजनिक भएका थिए ।

सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै महाराष्ट्र सरकारले सलमानको सुरक्षामा वृद्धि गर्ने निर्णय गरेको हो । बलिउड अभिनेताद्वय अक्षयकुमार र अनुपम खेरलाई पनि सुरक्षा दिने निर्णय भएको छ ।

सलमानलाई मुम्बई प्रहरीले नियमित रुपमै सुरक्षा दिइरहे पनि यतिबेला आएर वाई प्लस श्रेणीको सुरक्षा दिने निधो भएको हो । यसको अर्थ अब सलमानसँग हरेक समय सशस्त्र सुरक्षाकर्मी पनि सँगै हुनेछन् ।

अक्षयकुमारलाई एक्स श्रेणीको सुरक्षा प्रदान गरिने भएको छ । अनुपम खेरलाई पनि यही श्रेणीको सुरक्षा दिइने भएको छ । तर सुरक्षाकर्मी राख्दाको खर्च भने कलाकार आफैंले व्यहोर्ने भएका छन् ।

भारतीय खुफिया एजेन्सीका हालैका विवरणमा लरेन्स बिस्नोइ ग्याङ र गोल्डी ब्रारले सलमानलाई मुम्बईमा हत्या गर्न योजना बुनिरहेको उल्लेख थियो । फिल्म ‘द कश्मीर फाइल्स’पछि अभिनेता खेरलाई सुरक्षा चुनौती थपिएको र अक्षयलाई सामाजिक सञ्जालमा राष्ट्रियतालाई लिएर भइरहेको विरोधलाई लिएर चुनौती थपिएको उल्लेख छ ।
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?