अर्घाखाँची : ससदीय व्यबस्थाको औचित्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी बहुमत सहित नेकपा मशाल नेकपा क्रान्तिकारी माओबादी अर्घाखाँचीमा रहेका तीन राजनितिक दलद्धारा संसदिय निर्वाचन यसको औचित्य बिषयक संयुक्त अन्तरक्रिया कार्यक्रम आज सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।

कार्यक्रम संसदिय चुनाव अबज्ञा र बहिष्कार गरौं भन्ने मुलनाराका साथ सर्बपक्षिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मा मन्तब्य राख्दै नेकपा (बहुमत) का केन्द्रिय सदस्य तथा अर्घाखाँची कपिलवस्तु इन्चार्ज शेरमानले नेपालमा ससदीय व्यबस्थाले निकास दिन नसक्ने बताउदै आफुले जनताको बैज्ञानिक सत्ताको आधार स्तम्भ तयार पार्ने गरी बहिष्कारको रणनिति तय गरेकोले यसमा सबै जनताले साथ दिने बताए ।

चारदर्शक देखि नेपालमा रहेको ससदीय व्यबस्थाका कारण अहिलेसम्म नेपालमा भ्रष्टाचार अत्याचारका घटना बढीरहेको बताउदै पछिल्लो समय नेपालमा बाइड– बडि जहाजमा भएको भस्टाचार,सेक्युरिटी प्रेस खरिदमा भएको कमिसनखोरी ,सुन कान्ड, ओम्नि कान्ड,बतास कान्ड, एनसेल लाई ट्याक्स मिनाहा ,निर्मला पन्तको हत्या प्रकरणमा राज्यको मौनता ,निरन्तर सरकार बदली जस्ता संसदिय ब्याबस्थाको चारीत्रीक विशेषता भएको भन्दै जनताले यसको विकल्प खोजेको बताए ।

कार्यक्रममा मसालका नेता कृष्ण बहादुर केसि, नेपालमा संसदीय व्यबस्थाका कारण जनता दिनप्रतिदिन समस्याको जडमा फस्दै गएकोले जनताको विकल्पको आधार स्तम्भ तयार पार्ने गरी आफुहरु जनताको माझमा जाने बताए कार्यक्रममा एमाले नेता रामचन्द्र पोख्रेल ,माओबादी केन्द्रका नेता डिलाराम पान्डे ,नेपाल समाजबादिका नेता पुस्करनाथ आचार्य, नेपाल परिवार दलका नेता डिल्लीराज भुसाल ,नागरिक समाजका अध्यक्ष नन्दराम पोख्रेल पत्रकार महासघका अध्यक्ष अशोक खनाल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा नेकपा (बहुमत) का ब्युरो सदस्य तथा रुपन्देही संयोजक सुनिल बन्जाडे , अनेमसंगठन कि केन्द्रिय महासचिव रेखा खनाल लगायतको आतिथ्यता रहेको थियो ।

तीन दलद्धारा प्रस्तुत गरिएको कार्यपत्रमा नेपाली जनताको हित गर्ने नौलो जनबाद हुदै बैज्ञानिक समाजबाद स्थापनाका लागी अगाडि बढ्ने निति तथा कार्यक्रम सहित कार्यपत्र प्रस्तुत गरिएको थियो कार्यक्रम नेकपा मशालका प्रतिनिधि नरेन्द्र थापाको अध्यक्षता मसाल नेता कृष्ण केसीको कार्यपत्र प्रस्तुति क्रान्तिकारी माओबादीका जिल्ला सचीव टन्कमानको स्वागत मन्तव्य तथा नेपाल ९बहुमत ० का जिल्ला सचीव नवीन खड्का बारुदको संचालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?