भोट सम्मान गर्नेलाइ दिनुस, अबज्ञा गरि भाग्नेलाई होइन : पुष्पा भुसाल

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले भोटको सम्मान गर्नेलाइ भोट दिन आग्रह गरेकी छन् ।

भुसालले पाणिनी गाउपालिकाका मतदाता संग कुराकानी गर्दै भोट दिएर जिताए पछि जनताको काम गर्नु पर्ने भन्दै बिचमै भाग्नेलाइ भोट दिएर मत खेर नफाल्न अनुरोध गरेकी हुन् । अर्घाखाँचीबाट जितेर जनताको भावना अनुसार काम नगरी संसद विघटन पक्षधर बनि जनताको मतको अवज्ञा गरेको भुसालको भनाइ छ ।

जनभावना बिपरित काम गर्नेलाई अब जनताले नै आफ्नो बिबेक प्रयोग गरि हराउनु पर्ने भुसालको तर्क छ । जनमतको भरपुर प्रयोग गरि काम गर्नु पर्ने बेला त्यसो नगरेको उनको आरोप छ ।

देशलाइ संकट परेको भएर जनआदेश बिना पनि नेपाली काँग्रेस सहितका अन्य दलहरु मिलेर गठबन्धनको सरकार बनाउनु परेको भन्दै गठबन्धनले देश र जनताको लागि काम गर्ने भुसालको भनाइ छ । सोही अनुरुप अर्घाखाँची जिल्लाको समग्र बिकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन समेत भुसालको आग्रह छ ।

भुसाल अर्घाखाँचीमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदको साझा उम्मेदवार हुनुहुन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?