संविधान च्यात्न थालेपछि ५ दलिय गठबन्धन बन्यो : डिलाराम आचार्य

अर्घाखाँची । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले २०७२ सालमा जारी भएको संविधान च्यात्न थालेपछि ५ दलिय गठबन्धन बनेको बताएका छन् ।

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले सन्धिखर्कमा गरेको साक्षात्करमा नेता आचार्यले गणतन्त्र विरोधीहरु सलबलाएपछि संविधानको रक्षाका लागी नै गठबन्धन दल बनेको बताए ।

५ दलिय गठबन्धन दल सत्तामा पुग्नको लागी नभई ३ करोड नेपालीको संविधान जोगाउँनका लागी एकै ठाउँमा उभिएको बताएका छन् । मध्यरातमा राष्ट्रयपतिकोमा प्रधानमन्त्री पुगेर संसद विघटन गर्ने, संविधान मास्ने काम भएकाले सडकमा आन्दोलन गरेर संविधान जोगाउँन बनेको गठबन्धनले निरन्तरता दिएको बताए ।

देशभरमा गठबन्धनको दुईतिहाई अगाडीको जित देशभरमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँने नेता आचार्यले बताए । खुट्टा नढोेगेका कारणले भिम रावल र घनश्याम भुसालले टिकट पाएनन् लोकतन्त्रमा ओली बाहेक अरु प्रधानमन्त्रीको उम्मेदवार भन्न नपाईने कस्तो लोकतान्त्रिक पार्टी हो ।

संविधान भन्दा माथी ठान्ने कस्तो पाटी हो, एमाले भन्दै प्रश्न गरेका छन् । अर्घाखाँचीमा प्रतिनिधी सभा सदस्यमा पुष्पा भुसाल, प्रदेश सभा (क) मा सागर केसी, प्रदेश सभा (ख) मा कमल भुसालको जित सुनिश्चित रहेको बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?