निर्वाचनको समयमा मिथ्या सूचनाको बिगबिगी, सचेत रहन विज्ञको सुझाव

काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा मिथ्या सूचनाको बिगबिगी बढेको भन्दै विज्ञहरूले सचेत रहन आग्रह गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा आरके टेक सोलुसन्सले सोमबार हेटौँडामा आयोजना गरेको ‘निर्वाचन र मिथ्या सूचनाको चुनौती’ विषयक अन्तर्क्रियामा यस्तो सुझाव आएको हो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले निर्वाचनको समयमा सबैभन्दा बढी मिथ्या सूचना प्रवाह हुने भएकाले यसबाट बच्नुपर्नेमा जोड दिए । मिथ्या सूचनाले निर्वाचनको औचित्यमाथि नै प्रभाव पार्नसक्ने भएकाले त्यसबाट बच्न सबैले ध्यान दिनुपर्ने उल्लेख गरिएको थियो ।

“निर्वाचनमा गलत र मिथ्या सूचनाले मतदातालाई प्रभावित पार्न सक्छ,’ कार्यक्रममा विज्ञ प्रस्तोताको रुपमा सहभागी वरिष्ठ पत्रकार तथा नेपाल चेकका सम्पादक दीपक अधिकारीले भने, “त्यसैले निर्वाचनको समयमा जनतामा भ्रम सिर्जना गर्ने खालका सूचना सम्प्रेषण तथा शेयर गर्नु गलत कार्य हो ।”

उनले मिथ्या सूचना प्रवाह गर्नेमा उम्मेदवार, राजनीतिक दल, सरकार, सामाजिक बिग्रह चाहने व्यक्तिमात्र नभएर सरकार समेत संलग्न हुने गरेको दृष्टान्त दिएका थिए । “अध्ययनले मिथ्या सूचना प्रवाह गर्नेमा सरकार समेत संलग्न रहेको देखिन्छ,” अधिकारीले भने ।

“राजनीतिक दल, सेलिब्रेटी र सञ्चार माध्यमबाट पनि मिथ्या सूचना प्रवाह हुने गरेको छ । त्यसैले मिडिया, पत्रकारहरू यसमा सबैभन्दा बढी सचेत हुन आवश्यक छ ।”

मिथ्या सूचनाबाट जोगिन शङ्का लाग्ने कुनै पनि समाचार अथवा सामग्री शेयर नगर्न, त्यस्ता जानकारीको तथ्य जाँच गर्न, आधिकारिक स्रोतसँग बुझेरमात्रै सम्प्रेषण गर्न समेत उनले आग्रह गरेका छन् । अधिकारीले मिथ्या सूचनाको पहिचानका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष व्यक्ति आफैँ हुने बताए ।

“कुन समाचार तथा सूचना मिथ्या हो भन्ने पहिचान गर्ने कुरा सम्बन्धित व्यक्तिमाथि नै निर्भर हुन्छ,” उनले भने, “व्यक्ति आफैँले कुनै सूचना भाइरल भइरहेको छ भने त्यसमा भएको सूचनालाई अध्ययन गर्ने, त्यसका लागि आवश्यक सोधखोज गर्ने तथा त्यो सँग सम्बन्धित अन्य सामग्रीहरू गुगलमा खोजेर पढ्ने गरेको खण्डमा मिथ्या सूचना प्रवाहमा कमी आउँछ ।”

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले मिथ्या सूचनाले निर्वाचनको समयमा जोखिम बढाउने भएकाले सचेत हुनुपर्ने बताए ।

उनले भने, “अहिले इन्टरनेट र सामाजिक सञ्जाल ठूलो शक्तिको रुपमा विकास भएको छ । यसले अवसरका साथै चुनौती पनि थपेको छ । चुनावको समयमा यसको दुरुपयोग हुने गरेका घटनाहरू धेरै देखिएका छन् । मतदातालाई प्रभावित पार्न सामाजिक सञ्जालको प्रयोग भइरहेको छ । त्यसैले सही सूचना सम्प्रेषण गर्नु सञ्चार माध्यम र सञ्चारकर्मीको कर्तव्य हो ।”

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दीपेश आचार्यले निर्वाचनको समयमा इन्टरनेट र सामाजिक सञ्जालमार्फत मिथ्या सूचना प्रवाह हुने गरेको बताए ।

उनले भने, “निर्वाचनको बेलामा सामाजिक सञ्जाल वा दूरसञ्चार प्रविधिको दुरुपयोग गरी आफूलाई मन नपर्ने व्यक्ति, दल वा संस्थाविरुद्ध दुष्प्रचार गर्ने र मतदातालाई गलत ढङ्गले प्रभावित पार्ने परिपाटी देखिने गरेको छ । यस्तोमा निष्पक्ष निर्वाचनको वातावरण कायम राख्न जनचेतनामूलक कार्यक्रम अपरिहार्य देखिएकाले यो कार्यक्रम आयोजना गरिएको हो ।”

कार्यक्रममा बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलको समेत उपस्थिति रहेको थियो । उनले निर्वाचनको समयमा फैलिनसक्ने मिथ्या जानकारी कम गर्नका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए । कार्यक्रममा पत्रकार, कानून व्यवसायी, जनप्रतिनिधि, प्राध्यापक, युवा, विद्यार्थी, समाजसेवी लगायत करिब ४५ जनाको सहभागिता रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
TechPana
लेखकको बारेमा

TechPana

टेकपाना सूचना प्रबिधिकाे भरपर्दाे अनलाइन हाे । 

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?