एलिना चौहान भन्छिन्- प्रधानमन्त्रीसँग फोटो खिचेर हालेपछि खुबै गाली खाएँ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार कलाकारलाई बालुवाटारमा बोलाएर चुनावको सन्दर्भमा कुराकानी गरे । चुनावलाई सफल बनाउन कलाकारको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

अन्तरक्रियामा प्रधानमन्त्री पत्नी आरजु राणा पनि सहभागी थिइन् । त्यस अवसरमा फिल्म र संगीत क्षेत्रको वर्तमान अवस्थाबारे पनि छलफल भयो ।

बालुवाटारको अन्तरक्रिया कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान पनि सहभागी थिइन् । एलिनाले प्रधानमन्त्रीसँग फोटो खिचेर सामाजिक सञ्जालमा राखिन् ।

तर उक्त तस्वीरलाई लिएर आफूले खुबै गाली खाएको एलिना बताउँछिन् । उनी भन्छिन्, ‘म कुनै पार्टी र चुनावको भन्दा पनि देशको प्रधानमन्त्रीले बोलाएर गएकी थिएँ । त्यो खुसीमा मैले फोटो खिचेर हाल्दा धेरै गाली पनि खाएँ । प्रधानमन्त्री र आरजु म्यामले सिधै हामीसँग कुरा गर्नुभयो । आरजु म्यामको बारेमा बाहिर जति पनि कुरा सुनेको थिएँ, उहाँलाई भेटेपछि ती सबै कुरा गलत रहेछ भन्ने लाग्यो ।’

कांग्रेसलाई भोट दिने निर्णय गरेको भन्दै उनले भनिन्, ‘कलाकारको बारेमा अहिलेसम्म कसैले पनि सोच्दिनुभएको थिएन । किनभने कलाकारहरु चलुञ्जेल नेपालमा बस्छन् र चलिसकेपछि भविष्य नै छैन । कलाकारको बारेमा सोचिदिने मैले कांग्रेस मात्र पाएँ । त्यसपछि आफ्नो भोट नेपाली कांग्रेसलाई दिने निर्णय गरें ।’
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?