यो गठबन्धन २० वर्ष टिक्छ : देउवा

बैतडी । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन २० वर्षसम्म टिक्ने बताएका छन्।

बैतडीको शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा बुधबार लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यो गठबन्धन १५ देखि २० वर्षसम्म टिक्ने दाबी गरेका हुन्।

उनले लोकतान्त्रिक बाम गठबन्धनले देशलाई स्थायित्व दिने बताएका छन्। ‘यो गठबन्धन १५-२० वर्ष टिक्छ, देश समुन्नत बन्छ, यो गठबन्धनले जितेमा देश नयाँ बाटामा अघि बढ्छ,’ प्रधानमन्त्री देउवाले भने।

यसैगरी उनले एमाले अध्यक्ष ओली विरोध सहन नसक्ने नेता रहेको आरोप लगाए। ‘ओलीजी विरोध सहन सक्दैनन्, कसैले विरोध गरिहाले संसद भंग गरिदिन्छन्,’ देउवाले भने।

नेपाल जलस्रोतको धनी देश रहेकाले विद्युत् उत्पादनमा जोड दिने र विद्युत् बेचेरै नेपाल समृद्ध बनाउन सकिने उनले बताए।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमकै गेम चेन्जर परियोजना रहेको भन्दै परियोजना अघि बढाउन भारतसँग समन्वय  भइरहेको बताएका छन्।

भारतसँग सिमाना जोडिएको बैतडीको तल्लो स्वराड क्षेत्रको महाकाली नदीमा पुल निर्माणको काम पनि अघि बढाउने देउवाले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?