अर्घाखाँचीमा अब ५० वर्षसम्म एमाले बाहेक अरु कसैले पनि जित्न सक्दैन् : टोपबहादुर रायमाझी

अर्घाखाँची । नेकपा एमाले सचिव एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अब ५० वर्षसम्म एमाले बाहेक अरु कसैले पनि जित्न नसक्ने दाबी गरेका छन् । उनले अन्य दललाई लक्षित गर्दै अब ५० वर्षसम्म जित्ने सपना नदेख्न पनि चुनौती दिएका छन् ।

सत्ता गठबन्धनको घेरबन्दीलाई तोडेर एमालेले यहाँ तीनवटै सिटमा चुनाव जितेर असफल पारेको उनले बताए । सन्धिखर्कमा भएको विजय र्‍याली तथा धन्यावाद सभालाई सम्बोधन गर्दै रायमाझीले एमालेका विरुद्ध एक्लै लड्ने आँट नभएपछि गठबन्धन बनेको र त्यो पनि असफल भएकाले अब ५० वर्षको चुनावसम्मका लागि अर्घाखाँचीमा एमाले बाहेक अरु कसैले पनि जित्नसक्ने हिम्मत नराख्ने दाबी गरे ।

‘अब गठबन्धन चल्दैन, टिक्दैन,’ उनले भने, ‘जनतालाई गठबन्धन मन परेको छैन, असफल भए । हामीले सोचेजस्तै सफलता हात पर्‍यो ।’ उनले यस चुनावलाई दूरगामी, युगान्तकारी र इतिहास रच्ने चुनावका रुपमा पनि व्याख्या गरेका थिए ।

यस्तै उनले अबको पाँच वर्ष जनताको सेवामा लाग्ने पनि बताए । ‘जतिबेला एमाले नेतृत्वको सरकार ढाल्ने काम भयो, विकास र समृद्धिका काम गर्छौं,’ रायमाझीले भने, ‘गठबन्धनका दलहरुसँग मित्रवत गर्दै अब एमालेको नेतृत्वमा देशको विकास हुन्छ । अब पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि पर्यटन, पूर्वाधार विकास र रोजगारीका काममा जुट्नेछौं ।’ उनले विकासका काम गरेर अर्घाखाँचीलाई देशकै नमूना जिल्ला बनाइने दाबी गरे ।

रायमाझीले सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमलाई १७ सय ३० मतान्तरले पराजित गरेका छन् । प्रदेशसभा १ मा एमाले चेतनारायण आचार्य र प्रदेशसभा २ मा रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?