फ्राइडे रिलिज : हलमा लाग्यो सलोन बस्नेतको फिल्म ‘मिलन’

काठमाडौं । चुनाव र विश्वकप फुटबलको माहोलबीच आज (शुक्रबार)देखि हलहरुमा सलोन बस्नेत स्टारर फिल्म ‘मिलन’ रिलिज भएको छ ।

टेक पौरखी राई निर्देशित फिल्मले मित्रताको कथा भन्छ । सलोनसहित डेब्यु कलाकारहरु कुशल ठकुरी र शिल्पा थापाको अभिनय छ । मित्रतामा युवतीको प्रवेशपछि आउने उतारचढाव यसको कथावस्तु हो ।

शिशिर बाङ्देल, सुमिना गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करण थापाको समेत अभिनय छ । सलोनका फ्यान र प्रेमकथामा आधारित फिल्म रुचाउनेलाई ‘मिलन’ मनपर्न सक्छ ।

प्रिमियरमा पनि फिल्मको कथावस्तु र अभिनयपक्षको प्रशंसा भैरहेको छ । पाका निर्देशक तथा अभिनेता नीर शाहले फिल्मले दर्शकको ध्यान तान्न सक्ने बताइसकेका छन् ।

यदि फिल्मले राम्रो समीक्षा प्राप्त गर्ने हो भने ‘मिलन’लाई राम्रो व्यवसायिक मौका छ । यतिबेला हलमा नयाँ रिलिज नहुँदा यसलाई सोलो रिलिजको मौका छ । ‘महापुरुष’, ‘वाकान्डा फरेभर’सहितका अघिल्ला फिल्म नै प्रदर्शन भैरहेका छन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?