एनसेलले सुरु गर्‍यो ई-सिम, निःशुल्क लिन सकिने

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले ई-सिम वितरण गर्न थालेको छ । शुक्रबारदेखि याे सेवाकाे थालनी भएकाे जानकारी दिँदै कम्पनीले ई-सिमको प्रयोगमार्फत फाइदा लिन ग्राहकलाई अनुरोध गरेको छ ।

ई-सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई-सिम सपोर्ट गर्ने मोबाइल वा उपकरणभित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ । यो भौतिक रुपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई-सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन ।

एनसेलका ग्राहकले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भइरहेको सिम ई-सिममा अपग्रेड गर्नसक्ने कम्पनीले जनाएकाे छ । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, ईमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनुपर्छ ।

ई-सिम लिनुअघि ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्छन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्नेछैन । ग्राहकले आफूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई-सिममा अपग्रेड गर्न सक्छन् ।

नयाँ ग्राहकले पनि कुनै पनि एनसेल सेन्टरबाट आफूले चाहेको ‘स्टार्टर प्याक’का साथ आवश्यक प्रक्रिया पूरा गरी ई-सिम लिनसक्छन् । ई-सिम सुविधा लिनका लागि, ग्राहकका साथमा ई-सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ ।

ग्राहकले आफ्नो मोबाइल ई-सिम चल्ने/नचल्ने थाहा पाउन *#०६# डायल गर्नुपर्छ । यदि इम्बेडेड आइडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई-सिम चल्छ ।

उपभोक्ता र व्यवसाय दुवैमाझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई-सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

आईफोनका पछिल्ला मोडलहरु जस्तै; आईफोन एक्सएस सिरिज, आईफोन ११ सिरिज, आईफोन १२ सिरिज, आईफोन १३ सिरिज र आईफोन १४ सिरिजमा ई-सिमको सुविधा रहेको छ । त्यसैगरी सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई-सिमको चल्ने सुविधा छ ।

ब्रान्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलमा एकभन्दा बढी ई-सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ । यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ ।

ई-सिमले सूचना तथा सञ्चार प्रविधि तथा इन्टरनेट अफ थिङ्गस्मा पनि ठूलो महत्व राख्दछ । विकसित देशहरुमा यस्ताे सिम कार, घरायसी सामानहरु र औद्योगिक क्षेत्रका मसिनहरुमा पनि प्रयोग हुने गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?