भावी सरकारको नेतृत्वका लागि रामचन्द्रको कसरत

 काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भावी सरकारको नेतृत्वका लागि छलफल सुरु गरेका छन् ।

पौडेलले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका छन् । शनिबार नै पौडेलले नेता विमलेन्द्र निधिलाई आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गरेका छन् ।

पौडेल निकट एक नेताका अनुसार उनको सभापति देउवाले आफू ‘रिजिड’ नहुने वचन दिएका थिए । ‘उहाँ (रामचन्द्र) कन्फिडेन्ट देखिनुभएको छ । सरकारको नेतृत्व गर्न विषयमा छलफल गर्न पार्टीभित्रका अरु नेताहरुसँग पनि छलफल गर्नुहुन्छ,’ पौडेल निकट एक नेताले भने ।

पौडेलले महामन्त्री गगन थापासँग पनि छिट्टै छलफल गर्ने ती नेताले जानकारी दिए । महामन्त्री थापाले संसदीय दलको नेता चुनिनका तयारी तीव्र पारिरहेका बेला पौडेलको सक्रियता बढेको छ । ‘गगन जीले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भनेर नै मत माग्नु भएको छ । त्यसले सभापतिमा दबाब परेको छ,’ पौडेल निकट नेता भन्छन्,’आफ्नो विकल्पमा संसदीय दलमा रामचन्द्रलाई अघि सार्ने सम्भावना पनि छ ।’

नेता पौडेल र निधिबीच भएको संवादमा छलफल जारी राख्ने सहमति बनेको छ ।

पौडेल तनहुँ १ बाट निर्वाचित भई काठमाडौं आएसँगै भावी सरकारको नेतृत्वका लागि भेटघाट र छलफल अघि बढाएका छन् । नयाँ सरकारको नेतृत्वको चाहना पार्टीभित्र सभापति देउवा, महामन्त्री थापा, नेताहरु पौडेल, डा शेखर कोइराला, विमलेन्द्र निधि, डा शशांक कोइरालालगायत आकांक्षी छन् ।

शनिबार नै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको थियो । गठबन्धनकै सरकारलाई निरन्तरता दिने दुई नेताबीच सहमति बनेको थियो । साथै, सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक छिट्टै बोलाउने दुई नेताले निर्णय गरेका थिए ।

प्रधानमन्त्री देउवासँगको भेटमा नेता पौडेलले माओवादीले धोका दिन्छ कि भन्ने आशंका राखेका थिए । माओवादी वर्तमान गठबन्धनको निरन्तरताको पक्षमा रहेको देउवाले आश्वस्त पारेका पौडेल निकट नेताले जानकारी दिए ।

समाचार तयार पार्दासम्म मत गणनामा कांग्रेसले प्रत्यक्ष तर्फ ५२ सिटमा जितेको छ भने ४ क्षेत्रमा अग्रता लिइरहेको छ । आयोगले निकालेको पछिल्लो तथ्यांक अनुसार कांग्रेसले समानुपातिकतर्फ २१ लाख ७४ हजार ६०५ मत ल्याएको छ ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धन झिनो बहुमततिर अघि बढेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?