पाेर्चुगलमा एक नेपाली व्यवसायीकाे निधन

एजेन्सी । पोर्चुगलमा बसेर व्यवसाय गर्दै आएका एकजना लमजुङका व्यवसायीको निधन भएको छ।

लमजुङको दोर्दी गाउँपालिका ९ हिलेटक्सारका ४३ वर्षीय भक्तराज गुरुङको निधन भएको हो।पोर्चुगलमा विगत ५ वर्षयता रेष्टुरेन्ट संचालन गर्दै आएका गुरुङको शनिबार विहान निधन भएको व्यावसायिक साझेदार एवं लमजुङ समाज पोर्चुगलका निवर्तमान अध्यक्ष लोकेन्द्र गुरुङले जानकारी दिए।

शुक्रबार राति अबेरसम्म काइसोद्रेस्थित रेष्टुरेन्टमा काम गरेर घर फर्किने क्रममा गुरुङको एक्कासी टाउको दुखेको जानकारी पाएपछि उनका परिवार, साथीभाइ साथै आपतकालीन सेवाका डाक्टरको सहयोगमा उपचारको लागि अस्पताल लगिएको थियो। अस्पतलामा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

गुरुङ उच्च रक्तचापको बिरामी रहेका थिए। परिवारका साथ विगत ९ वर्षदेखि पोर्चुगलमा बस्दै आउनुभएका भक्तराजको निधनले लमजुङ समाज पोर्चुगल स्तब्ध भएको समाजका अध्यक्ष गम्भीरजंग गुरुङले बताए।

उनलेको पार्थिव शरीर नेपाल पठाउने तयारी गरिएको र त्यसका लागि आर्थिक सहयोग गरिदिन सवैमा लमजुङ समाज पोर्चुगलले आग्रह गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?