सन्धिखर्क : जेष्ठ नागरिक र सुत्केरी महिला सम्मान कार्यक्रम सम्पन्न

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वार्ड ३ ले आज जेष्ठ नागरिक सम्मान र सुत्केरी र गर्भबति महिलालाई पोषण सामग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

वडा कार्यालयले आर्थिक वर्ष २०७९।८० को बजेटबाट २० जना ८० वर्ष पुरा भएका जेष्ठा नागरिकलाई एक एकथान बलाङ्गकेट , ६८ जना सुत्केरी र गर्भबतिलाई अन्डा ,चना जस्ता पोषण समग्री बितरण गरेको वडा अध्यक्ष जम्सेर मियाँले जानकारी दिए ।

त्यस्तै १२ जना ग र घ बर्गका अपाङ्गता भएका नागरिकलाई पनि बलाङ्गकेट दिएर सम्मान गरेको हो । उक्त कार्यक्रममा पुर्व वडा अध्यक्ष लिलाराम गौतमले यस वडाको शिक्षा ,स्वास्थ्य ,खानेपानी जेष्ठ नागरिक सम्मान लगायतका काममा २०७४ सालदेखि नै काम गदै आएको बताए ।

कार्यक्रममा वडा अध्यक्ष जम्सेर मियाले वडाबासीको दुःख सुखमा आफुसधै साथमा रहेको बताए । उनले जेष्ठ नागरिकको ज्ञान र सिपको सधै कदर गर्दै उहाँहरुको रायसुझाब लिएर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

सम्मान कार्यक्रममा वडा सदस्य पुनकला सोमै , टेकलाल गिरी , कुलदिप राना , पार्बता नेपाली , समाजसेवी गफार मिया , माधब गिरी लगायतको उपस्थिती रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रूद्रमणि भुसाल
लेखकको बारेमा

रूद्रमणि भुसाल

लामाे समयदेखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका भुसाल समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?