मापदण्ड विपरीत खटिएका २ सय २१ सुरक्षाकर्मी फिर्ता

काठमाण्डाै । मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका दुई सय २१ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । गएकाे मङ्गलवार गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई  निर्देशन दिएको थियो ।

निर्देशनअनुसार नेपाल प्रहरीका एक सय तीन र सशस्त्र प्रहरीका एक सय १८ जना फर्किएका हुन् । अस्ति र हिजो गरेर दुई सय २१ जना सुरक्षाकर्मी फिर्ता भएका गृह मन्त्रालयले जनाएको छ । राजनीतिक दलका नेता, बहालवाला तथा पूर्वप्रशासकको सुरक्षा र चालकका रूपमा उनीहरू खटिँदै आएका थिए । यस्तै सुरक्षाकर्मी तथा चालक फिर्ता गरिएकोमा केहीले असन्तुष्टिसमेत जनाएका छन् ।

कार्यविधि कडाइका साथ लागू गर्न लागिपरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभएको छ । नेपाल प्रहरीका छ सय ६१ र सशस्त्र प्रहरीका चार सय पाँच जना सुरक्षाकर्मी बहालवाला तथा पूर्वविशिष्टको सुरक्षामा खटिएको प्रारम्भिक तथ्याङ्क छ ।

नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको थियो । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अङ्गरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको भए पनि शक्तिको दुरुपयोग गरी कार्यविधि मिचेर सुविधा दुरुपयोग भइरहेको भनी आलोचना हुँदै आएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?