प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलले ब्राइटनलाई हरायो : सिटी र एभर्टनको बराबरी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई ४–२ गोलले हराएको हो । जितसँगै आर्सनल १६ खेलमा ४३ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ । पराजित ब्राइटन समान खेलमा २४ अङ्ककासाथ आठौँ स्थानमा रहेको छ ।

गएराति भएको अर्को खेलमा म्यानचेस्टर सिटी र एभर्टनले बराबरी खेलेका छन् । सिटी र एभर्टनले एक/एक गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा सिटीले सुरुआती अग्रता जोगाउन सकेन । खेलको २४औँ मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६४ औँ मिनेटमा एभर्टनका डिमराइ ग्रेले बराबरी गोल गरे । सिटी १६ खेलमा ३६ अङ्कका साथ दोस्रो स्थानमा छ । एभर्टन १७ खेलमा १५ अङ्कका साथ १६ औँ स्थानमा रहेको छ ।

यस्तै, अरु खेलमा म्यानचेस्टर युनाइटेडले उल्भ्स्लाई १–० गोलले हरायो । युनाइटेडको जितमा मार्कुस रासफोर्डले निर्णायक गोल गरे । फुलह्यामले साउथह्याम्पटनलाई २–१ गोलले तथा क्रिस्टल प्यालेसले बर्नमाउथलाई २–० गोलले हराएको छ । न्युक्यासल र लिड्स युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?