शासन प्रणाली स्रोत सामग्री बजारमा

नेपाल सरकारका उपसचिव एवं लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयद्वारा लिखित पुस्तक ‘शासन प्रणाली स्रोत सामग्री’ पौष १७ गते आइतबारदेखि बजारमा आएको छ ।

पुस्तक लोक सेवा आयोगद्वारा निर्धारित नेपाल प्रशासन, परराष्ट्र, लेखापरीक्षण, संसद् र न्याय सेवाको शाखा अधिकृत पदको पाठ्यक्रममा आधारित रहेको छ । उक्त पुस्तकमा हरेक विषयवस्तुको सैद्धान्तिक अवधारणा, परिचय, परिभाषा र नवीनतम सन्दर्भ तथा नेपालको सन्दर्भमा कानुनी, नीतिगत तथा संस्थागत व्यवस्था एवं समस्या र चुनौती तथा आगामी कार्यदिशाका बारेमा ब्याख्याय र विश्लेषण गरिएको छ ।

लोक सेवा आयोगको परीक्षा प्रणाली र शाखा अधिकृत तहको प्रश्नको शैलीलाई दृष्टिगत गरी पुस्तक अत्यन्त सरल र सहज भाषामा लेखिएको छ । कतिपय सन्दर्भमा परीक्षार्थीमा विषयवस्तुको अवधारणात्मक बुझाईमा नै अस्पष्टता रहने गरेकाले प्रश्नको अपेक्षित उत्तर र परीक्षार्थीले लेख्ने उत्तर बिच बिचलन रहनु नै परीक्षार्थीका लागि चुनौतीको रुपमा रहेको छ । समग्रमा पुस्तकको विषयवस्तु लेखन यहि चुनौती निवारणमा केन्द्रित रहेको छ ।

लोक सेवा आयोगको शाखा अधिकृत पदको परीक्षा तयारीमा रहेका परीक्षार्थीका लागि पुस्तक सफलताको सारथि हुनेछ । पुस्तकको प्रमुख विक्रेता भने पैरवी प्रकाशन रहेको छ । यसअघि पाण्डेयको लेखन र सम्पादन रहेको उपसचिव स्रोत सामग्री लोक सेवा आयोगका परीक्षार्थी माझ लोकप्रिय पुस्तकका रुपमा परिचित रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?