राष्ट्रपतिमा सुवास नेम्वाङको दाबी, सभामुख नबन्ने

नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा दाबी गरेका छन्।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लगायतका दलहरूको सत्ता गठबन्धनको भागबन्डामा एमालेले राष्ट्रपति लिने सहमति भएको छ।

राष्ट्रपति एमालेको भागमा परेसँगै नेम्वाङले आफ्नो दाबी गरेको स्रोतको दाबी छ। उनले आफू सभामुख भने नबन्ने स्पष्ट पारेका छन्।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै एमालेको भागमा राष्ट्रपति र सभामुखसमेत परेको छ। प्रधानमन्त्री र सभामुख भने एमाले र माओवादी केन्द्रले साढे २ वर्ष आलोपालो गर्ने सहमति भएको बताइएको छ।

चार पटकसम्म सभामुख भइसकेकाले फेरि सभामुख बन्न इच्छुक नरहेको नेम्वाङले पार्टीमा बताइसकेका छन्।

नेम्वाङ २०६३ देखि २०७२ सम्म ४ पटक सभामुख र २ पटक संविधान सभाको अध्यक्ष भइसकेका छन्।

‘पटक/पटक सभामुख भइसकेकाले अब मलाई त्यो पदमा जानु छैन। निर्वाचनअघि पार्टी अध्यक्षलाई प्रधानमन्त्री बनाउने भनेर हामीले भनेकाले त्यसमा मेरो दाबी हुने कुरै भएन,’ नेम्वाङले आफू निकटहरूसँग भन्ने गरेका छन्, ‘अब मेरो लागि कुन पद उपयुक्त हुन्छ भनेर मैले पार्टीमा भनिसकेको छु।’

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?