पोखरा गोल्डकप : आर्मी र सङ्कटा भिड्दै

पर्वत ।  सहारा क्लब पोखराको आयोजनामा पोखरामा चलिरहेको २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा आज नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र सङ्कटा क्लबबीच खेल हुँदै छ।

गोल्डकपको तेस्रो क्वार्टर फाइनल अन्तरगतको खेलमा यी दुई समूह दिउँसो साढे एक बजे पोखरा रङ्गशालामा प्रतिस्पर्धा गर्ने छन्।  आजको खेलमा विजेता बनेको टोलीले पुस २० गते विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबसँग भिड्नुपर्ने छ। गत पुस १६ गते भएको खेलमा एपीएफले धरान फुटबल क्लबलाई पराजित गरेको थियो।

आहा रारा गोल्डकपको अघिल्ला संस्करणहरूमा पनि यी दुई क्लब आमनेसामने हुँदै आएका छन्। सङ्कटा क्लबले २०७७ सालमा भएको खेलको गोल्डकप आफ्नो पक्षमा पार्न सफल भएको थियो।

त्रिभुवन आर्मी फुटबल क्लब पनि पोखरा गोल्डकपको बलियो दाबेदार हो। चार पटकसम्म उपविजेतामा चित्त बुझाएर फर्किएको यो टोली यस पटक पनि गोल्डकप जित्ने उत्साहका साथ मैदान प्रवेश गर्दै छ।

आर्मी २०६५, २०६६, २०७२ र २०७५ सालमा भएका संस्करणमा उपविजेतासम्म पुगेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?