श्रीलङ्कासँगको टी–२० शृङ्खला भारतलाई : निर्णायक खेलमा श्रीलङ्का ९१ रनले पराजित

श्रीलङ्कासँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ । गएराति राजकोटमा भएको तेस्रो तथा निर्णायक टी–२० खेलमा श्रीलङ्कालाई ९१ रनले हराउँदै भारतले शृङ्खला २–१ ले जितेको हो । जितको लागि २ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा १ सय ३७ रनमा अलआउट भयो ।

श्रीलङ्काका ओपनर कुशल मेन्डिस र कप्तान दासुन शानकाले समान २३ रन बनाए । धनञ्जय डि सिल्भा २२ र चरिथ असलङ्का १९ रनमा आउट भए । श्रीलङ्काका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका अर्शदीप सिंहले ३ तथा हार्दिक पान्ड्या, उमरान मलिक, युजभेन्द्र चहलले समान २ विकेट लिए । अक्षर पटेलले एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो । भारतका सूर्यकुमार यादव १ सय १२ रनमा अविजित रहे ।

शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाए । श्रीलङ्का दिलशान मदुशनकाले २ तथा वानिन्दु हसरंगा, कसुन रजिथा र चामिका करुणारत्नेले समान १ विकेट लिए । भारत पहिलो खेलमा दुई विकेटले विजयी हुँदा दोस्रो खेलमा श्रीलङ्का १६ रनले विजयी भएको थियो । भारत र श्रीलङ्काबीच अब तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । पहिलो खेल मङ्गलवार, दोस्रो खेल बिहीवार र तेस्रो खेल आइतवार हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?