अर्घाखाँची : तीन महिलाको हत्या गरेको आरोपमा भारतीय दम्पत्ति पक्राउ

अर्घाखाँची । अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने भारतीय सिरियल किलर परेका छन्।

श्रंखलावद्ध रूपमा वृद्ध तथा एकल महिलाहरूको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुसान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो।

उनले श्रींखलाबद्ध रूपमा यही पुष १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका-१० बहखोरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका-५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका-४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए।

श्रीमतीसँग मिलेर हत्या गरेको सुसान्तले बताएपछि श्रीमती शितगंगा नगरपालिका-१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाइ प्रहरीले पक्राउ गरेको हो।

सिंह दम्पत्तीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। उनीहरू दुवैलाई कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रिजालले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?