पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ । आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
स्थानीय र जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीको सहयोगमा घाइतेको उद्दार गरिएको थियो ।












