अर्घाखाँची । पाणिनी गाउँपालिकामा ५ देखि ११ बर्ष सम्मका बालबालिकालाइ कोरोना बिरुद्धको फाइजर खोप आज दिइने भएको छ ।
यसअघि संचालन भएको खोप अभियानमा छुटेका तथा ५ बर्ष पूरा गरि ११ बर्षसम्मका बालबालिकालाइ खोप दिन लागिएको प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले जानकारी दिए । उनका अनुसार पौष २६ गते पालिकाका सबै स्वास्थ्य चौकीबाट खोप दिइने छ ।
यस अघि बालबालिकाहरुलाई गत भाद्रमा अभियानको रूपमा खोप सञ्चालन गरिएको थियो ।













