ग्यारेथ बेलद्वारा सन्यासको घोषणा

वेल्सका कप्तान ग्यारेथ बेलले फुटबल करियरबाट सन्यासको घोषणा गरेका छन्।

आफ्नो राष्ट्रबाट सबैभन्दा धेरै क्याप जित्ने र गोल गर्ने बेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सन्यासको घोषणा गरेका हुन्। बेल वेल्स फुटबलले पाएको सबैभन्दा राम्रा खेलाडी हुन्। उनले धेरै सोचविचारपछि यो निर्णय लिएको उक्त स्टाटसमा उल्लेख गरेका छन्।

आफूलाई सबैभन्दा मनपर्ने खेल खेल्ने सपना साकार गर्न पाउँदा निक्कै भाग्यमानी ठानेको उनको भनाइ छ। ​ कार्डिफमा जन्मिएका बेलले इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनबाट व्यवसायिक करियरको सुरुवात गरेका थिए। त्यसपछि उनी टोटनह्याम हुँदा कीर्तिमानी रकममा रियाल मड्रिडमा अनुबन्ध भएका थिए।

बेल सन् २०१३ को सेप्टेम्बरमा रियालमा ८० मिलियन पाउन्डमा भित्रिएका थिए ।स्पेनिस लिगमा उनको बसाइ सबैभन्दा सुखद रह्यो। उनले रियाललाई तीन ला लिगा जिताएका थिए।

उनले रियालबाट पाँच पटक च्याम्पियन्स लिग, तीन क्लब विश्वकप, तीन युएफा सुपर कप र एक स्पेनिस कप जितेका थिए। सन् २०१६ देखि २०२२ सम्म वेल्सले हासिल गरेका सबै सफलतामा उनी प्रमुख भुमिकामा थिए।

उनको कप्तानीमा वेल्स सन् १९५८ पछि पहिलो पटक फिफा विश्वकपमा छनौट भएको थियो भने युरोपेली च्याम्पियनसिपमा पनि राम्रो छाप छोड्न सफल भएको थियो।

बेलले अन्तर्राष्ट्रिय करियरमा एक सय ११ खेल खेल्दा ४१ गोल गरेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?