माघदेखि निक्षेपको ब्याजदर घट्ने, ऋणको ब्याज घट्न तीन महिना लाग्ने

काठमाडौं । माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ। वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

बैंकिङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैंकर पुगेका हुन्। एसोसिएसनका अनुसार राष्ट्र बैंकको निर्देशिकाअनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको हो ।

राष्ट्र बैंकको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन्। यही सीमामा रहेर माघदेखि ब्याजदर घटाउन लागेको एसोसिएसनले जनाएको छ।

निक्षेपको ब्याज घटेसँगै बैंकहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ।

एसोसिएसनले निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने भद्र सहमति गरेसँगै बैंकिङ क्षेत्रको पाँच हजार ३११ अर्बको कुल निक्षेप मा एक हजार ३७१ अर्ब (२५.८१ प्रतिशत) बचत निक्षेपको ब्याजदर १.१ प्रतिशतले तत्कालै घट्नेछ। यसका कारण १२५ करोड रुपैयाँ मासिक ब्याज खर्च घट्नेछ। कुल निक्षेपमा ३३२ अर्ब (६.२६ प्रतिशत) मा ०.५५ प्रतिशतले  ब्याजदर गर्दा  तत्कालै १५ करोड मासिक ब्याज खर्च घट्नेछ। कुल १४० करोड ब्याज खर्च मासिक रूपमा तत्काल घट्ने भएको छ।

मुद्दती निक्षेपको ब्याजदर बिस्तारै घट्दै जाँदा यसले गर्दा बैंकिङको आधार दर घटी औसत कर्जाको ब्याजदर १२.६३ प्रतिशतबाट घट्ने भएको छ।

 

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?