लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) , जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय पदाधिकारी सहित दर्जनौँ नेता कार्यकर्ताहरु डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । शनिवार रुपन्देहीको भैरहवामा एक कार्यक्रमको आयोजना गरी पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले जनमत पार्टीमा प्रवेश गराएका हुन् ।
प्रवेश गर्नेमा लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य निलम कुमारी यादव, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रामु यादव , नागरिक उन्मुक्ति पार्टीका नेता किरन गुप्ता , लेसपाको रुपन्देही जिल्ला सदस्यहरु कृष्ण मोहन यादव, गोविन्द यादव , जसपाको नेता तथा मायादेवी गाउँपालिका वडा नम्बर ५का पुर्व वडा अध्यक्ष छठ्ठु साहनी , जसपाका क्रियाशिल नेता सुनिल जयसवाल लगाएत दर्जनौैँ नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुले जनमत पार्टीको विचार र सिद्धान्त राम्रो हुनुको साथै पार्टीका केन्द्रीय अध्यक्ष डा।राउतको भिजन देखेर आफूहरु जनमत पार्टीमा प्रवेश गरेको बताए । पुराना राजनीतिक दलहरुबाट मुलुकको विकास र निकास हुँने संकेत नदेखिएको भन्दै उनीहरुले देशको परिवर्तन र मधेशी जनताको हक अधिकारलाई स्थापित गर्न जनमत पार्टीको अभियानमा जोडिन आएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले नवप्रवशीहरुलाई स्वागत गर्दै जनमत पार्टीको अभियानमा जोडिन आएको भन्दै सबैलाई धन्यवाद दिए । यादवले जनमत पार्टीले मात्रै मधेशी जनताका हक र अधिकारलाई स्थापित गर्न ईमानदारी पुर्वक लागेको बताए । मधेशी महिला , मुस्लिम , दलित , शोषित ,पिडित , जमिनदारी शासनको अन्त्य गरि नयाँ मधेश र समृद्ध मधेश बनाउँने संकल्पमा आफूहरु अगाडी बढेको बताए । पार्टीले विगतमा उठाएका मुद्धाहरुका साथै विशेषगरी किसानका माग मुद्धाहरुलाई सम्बोधन गर्न आफूहरु सकृयताका काम गरिरहेको समेत यादवले जानकारी दिए ।
पार्टीको प्रभावशाली नेताको रुपमा समेत रहेका यादवले जनमत पार्टी मधेशमा मात्रै केन्द्रीत नभई समग्र देशकै नेतृत्व गर्ने गरी राष्ट्रिय पार्टी बनिसकेको र आगामी निर्वाचनमा बलियो राष्ट्रिय शक्तीको रुपमा आफूलाई थप शसक्त र निर्णायक पार्टी बनाउँने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य राम केश गुप्ता, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज राजेन्द्र गुप्ता ,केन्द्रीय सदस्य निर्मला हरिजन, निलम पासवान, लुम्बिनी प्रदेश सभा सांसद सुमन शर्मा , शिक्षक जनमत संघका केन्द्रीय सदस्य रामदेव यादव , प्रेस जनमत संघको केन्द्रीय सदस्य विनोद पासवान, पूर्व जिल्ला सचिव कृष्ण कोहार लगाएतको माघे संक्रान्तिको उपलक्ष्यमा शुभकामना आदानप्रदानको साथै मन्तव्य रहेको थियो ।












