ट्रेड युनियन आवश्यक छ : प्र.जि.अ. घिमिरे

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्य समिति, अर्घाखाँचीले अर्घाखाँचीबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको एक समारोहका बीच बिदाई सम्पन्न गरेको छ । करिब ११ महिना अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरि गृहमन्त्रालयको मिति २०७९ माघ ०६ गतेको सरुवामा स्याङ्जा जिल्लामा प्रमुख जिल्ला अधिकारीकै रुपमा सरुवा भएका घिमिरे हालसम्मकै उत्कृष्ट प्रमुख जिल्ला अधिकारी भएको जिल्लावासीको भोगाई भएको कार्यक्रम बोल्ने वक्ताहरुले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले ूकलियुगे समूहेषु बलं भवतिू भन्दै सेवा प्रवाह र सुदृढीकरणको सामुहिक सौदावाजीकोलागि ट्रेड युनियन आवश्यक छ भन्दै जिल्लामा रहँदा बस्दा आफूलाई सफल गराउनमा सम्पूर्ण कर्मचारीहरु र ट्रेड युनियनको भूमिका रहेको बताउनु भयो । तर ट्रेड युनियनको पहिलो लक्ष्य र उद्देश्य सेवा प्रवाह हुनु पर्ने बताउनु भयो । सेवा प्रवाहलाई तिरस्कार गरि नाफा घाटामा लाग्दा ट्रेड युनियन नकरात्मक भएको हो भन्दै सेवा प्रवाह र सामुहिक उद्देश्यको लागि एक जुट भएमा मात्र हक र अधिकार प्राप्त गर्न सकिने बताउनु भयो ।

ट्रेड युनियनहरुलाई प्रशासकहरुले हेर्ने दृष्टीकोण सधै नकरात्मक हुने गरेकोमा उहाँबाट यस्तो किसिमको कुनै पनि व्यवहार नभएको कार्यक्रमका अध्यक्ष कृष्ण वर्माले बताएका थिए । ट्रेड युनियनमार्फत सेवा प्रभावमा परिवर्तन ल्याउन प्रयसरत प्रमुख जिल्ला अधिकारीले ट्रेड युनियनलाई साथमा लिएर संचालन भएका कार्यक्रमको नतिजा उत्कृष्ट आएको र अन्य संचालित कार्यक्रमको नतिजा पनि अपेक्षाकृत आउनेमा प्रजिअ लाई विश्वस्त पार्दै नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारी, राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला अध्यक्ष यादव सापकोटा ले बताउनु भएको थियो ।

स्थानीय तह र संघीय तथा प्रदेश सभा सदस्यको निर्वाचन शान्ति तथा निश्पक्षरुपमा सम्पन्न गराउन प्र।जि।अ।ले कर्मचारी परिचालन निर्विवादित तरिकाले भएको थियो ।

No description available.

जिल्लामा कर्मचारीहरु वीच हुने कार्यक्रममा सहभागिता र रचनात्मक तथा सकरात्मक क्रियाकलापमा कर्मचारीहलाई सधै मार्गनिर्देशन, सहकार्य र समन्वय गरेर अगाडि बढेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

No description available.

कार्यक्रममा जिल्लामा सक्रिय ट्रेड युनियनका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम आधिकारिक ट्रेड युनियनको समन्वय जिल्लामा क्रियाशिल ट्रेडयुनियनकर्मीहरुको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रम आधिकारिकका उपाध्यक्ष हरि डुम्रेको संचालन, प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अतिथ्यता र अध्यक्षता आधिकारिकका जिल्ला अध्यक्ष कृष्ण वर्माले गरेका थिए ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?