कमला घिमिरे/अर्घाखाँची
अर्घाखाँची जिल्ला छत्रदेवका टुमलाल पाण्डे र उहाँकी धर्मपत्नी लक्ष्मी बन्जाडेले आफ्नै गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ न्यानो कपडा सौजन्य गरेका छन्।
छत्रदेव गाउँपालिका वार्ड न.३ स्थायी घर भइ हाल रोजगारीको सिलसिलामा दुबइ बस्दै आएका पाण्डेले यस वडाको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालित शुस्त श्रवण/बहिरा आवासीय छात्रावासमा रहने १० जना फरक क्षमता भएका विद्यार्थीहरूका लागि जाडो मौसममा लगाउने ज्याकेट र टोपी सहयोग गरेका हुन्।
न्यानो कपडा वितरण कार्यक्रम छत्रदेव ६ का अध्यक्ष कमल पौडेलको उपस्थितिमा सम्पन्न भएको थियो।












