आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिन

माघ शुक्ल पक्ष पञ्चमी तिथि। श्रीपञ्चमी वा वसन्तपञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको विशेष पूजा अर्चना गर्छन्।

यो दिन विद्यार्थीले पुस्तक, कलम लगायत सामग्री तथा संगीत साधकले वाद्ययन्त्रको पूजा गर्छन्। साना बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ। देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ।

सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्मको आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि–विद्या प्रदान गरुन् भन्ने विद्यार्थीको कामना हुन्छ।

अमरकोशमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्, वाणी आदि नामले चिनाइएको छ। शारदा, श्री आदि नामले पनि सरस्वतीको आराधना गरिन्छ।

पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ। सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसंग प्रख्यात छ। यस्तै अर्को प्रसंगमा ब्रह्माजीको मुखबाट उत्पत्ति भएको उल्लेख छ। त्यसैले पनि सरस्वतीलाई वाग्देवी (वाक् देवी) भनिन्छ।

श्रीपञ्चमीका दिन वसन्त श्रवण गर्ने पनि परम्परा छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?