राष्ट्रिय महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यू डायमन्ड भिड्दै

छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने फाइनलमा साविक विजेता एपीएफ र न्यू डायमण्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ।

एपीएफ उपाधि रक्षाको योजनासहित उत्रिनेछ। न्यू डायमण्ड नयाँ च्याम्पियन बन्ने योजनामा हुनेछ। चार टोली सहभागी प्रतियोगितामा न्यू डायमण्ड अपराजित रहदै फाइनल पुगेको हो। सोमबार न्यू डायमण्डले लिग खेलमा एपीएफलाई ३–१ को सेटमा हराएको थियो।

एपीएफ दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो। प्रतियोगिताको तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो स्थानको लागि हुने खेल बिहान ११ बजे सुरु हुनेछ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताका विजेताले ३  लाख रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए।

यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ।

एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्ड प्रदान गरिनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?