जनमत पार्टीको बलियो किल्ला बन्दै रुपन्देही , जनमतका लोकप्रिय नेता तथा राष्ट्रिय सचिव यादवको नेतृत्वमा जनमत प्रवेशको लहर

बुटवल । राष्ट्रिय राजनीतिमा यतिवेला जनमत पार्टी चर्चाको शिखरमा छ । पहिलो पटक निर्वाचनमा होमिएर राष्ट्रिय दलको मान्यता पाउने गरी जनताबाट पार्टीको नाम जस्तै “जनमत” प्राप्त गरेपछि राष्ट्रिय राजनीतिमा जनमत पार्टी एउटा शक्तिको रुपमा उदय भएको छ । बैज्ञानिक डा.सीके राउतले नेतृत्व गरेको जनमत पार्टी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको छ भने पार्टीका उपाध्यक्ष अब्दुल खाँन खानेपानी मन्त्री बनेका छन् ।

पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतको क्षेत्र रहेको मधेश प्रदेशमा जनमत निर्णायक शक्तिको रुपमा रहेको छ । मधेश प्रदेश सरकारको नेतृत्व पनि जनमत पार्टी र जसपाले आलोपालो गर्ने सहमती गरेका छन् । सोही अनुसार पहिलो चरण जसपाले नेतृत्व गरिरहेको छ भने दोश्रो चरणमा जनमतले नेतृत्व गर्ने छ । जनमतको प्रभाव मधेश प्रदेशमा मात्रै होईन लुम्बिनी प्रदेशमा पनि देखिन्छ । लुम्बिनी प्रदेशमा एक प्रत्यक्ष र दुई समानुपातिक सहित ३ सांसद जनमत पार्टीकै रहेका छन् ।

May be an image of 10 people, beard, people standing and people sitting

मधेश प्रदेशमा जनमत पार्टी प्रभाव बढि देखिनु स्वभाविक हो । पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको गृह जिल्ला पनि मधेशमै रहेको र पार्टी कार्यकारिणी समितिका अधिकांश पदाधिकारीहरु मधेश प्रदेशकै छन् । तर मधेश प्रदेशका जिल्लामा जस्तै मध्यपश्चिममा रहेको रुपन्देहीमा पनि जनमतको लोभलाग्दो लहर देखिन्छ । रुपन्देही जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवको जिल्ला पनि हो । उनै यादवको जोडबल र कडा परिश्रमले रुपन्देहीमा पुराना राजनीतिक दलहरुको दबदवालाई कमजोर बनाउने धेरैले अपेक्षा गरिरहेका छन् ।

May be an image of 8 people, people standing, outdoors and tree
यादव आफै गत मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४(मर्चवार)बाट प्रतिस्प्रर्धामा उत्रिएका थिए ।मर्चवारका पुराना र कहलिएका लोसपाका बरिष्ठ नेता सर्बेन्द्रनाथ शुक्ला र कांग्रेसबाट सांसद भएका युवा नेता प्रमोद यादवको प्रमुख प्रस्तिप्रर्धीको रुपमा जनमतका यादव देखा परेका थिए । झिनो मतान्तरले पछाडी परेका यादवले नतिजा निकाल्न नसकेपनि पाँच वर्ष पछि हुने निर्वाचनमा जनमतका भोपेन्द्र यादव निर्विकल्प नेताको रुपमा रहेको स्थानिय राजनीतिक बृतमा चर्चा सुनिन्छ । बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा पनि जनमतले दारिलो उपस्थिती देखाएको थियो । १६ पालिका रहेको रुपन्देहीमा आधा दर्जन पालिकामा प्रतिस्प्रर्धी बन्यो भने वडाको नेतृत्व र वार्ड सदस्यमा गरि दर्जन बढि जनप्रतिनिधी बिजय बनेका छन् ।

May be an image of 9 people and people standingMay be an image of 5 people and people standing
पछिल्लो समय जनमत पार्टी प्रवेश गर्नेको लहर पनि उत्तिकै देखिन्छ । आफूलाई मधेशवादी दल भन्ने दलहरु जसपा ,लोसपा ,नागरिक उन्मुक्ति सहित कांग्रेस , एमाले , राप्रपा र माओवादीका नेता तथा कार्यकर्ताहरु पनि जनमतमा प्रवेश गरिरहेको देखिन्छ । तिन साता अघि मात्रै भैहरवामा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका थिए ।प्रवेश गर्नेमा लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य निलम कुमारी यादव, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रामु यादव , नागरिक उन्मुक्ति पार्टीका नेता किरन गुप्ता , लेसपाको रुपन्देही जिल्ला सदस्यहरु कृष्ण मोहन यादव, गोविन्द यादव , जसपाको नेता तथा मायादेवी गाउँपालिका वडा नम्बर ५का पुर्व वडा अध्यक्ष छठ्ठु साहनी , जसपाका क्रियाशिल नेता सुनिल जयसवाल लगाएत दर्जनौैँ नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

May be an image of one or more people, people standing and text that says "जनमत पार्टी t A कार्यक्रम"
यस्तै , प्रवेशको क्रम चलिरहेको छ ।पार्टी केन्द्रीय सदस्य रामकेश गुप्ता जनमतमा प्रवेश गर्नेहरु बढेको बताउँछन् । पछिल्लो समय पनि औपचारिक तथा अनौपचारिक रुपमा जनमत पार्टीमा जोडिनेहरुको संख्यामा उत्तिकै बढेको पार्टीका केन्द्रीय सदस्य गुप्ता बताउछन् । “जनमतमा प्रवेश गर्न धेरै साथीहरू ईच्छुक हुनुहुन्छ ” ,गुप्ता भन्छन् “समय र सन्दर्भ मिलाएर सबैलाई प्रवेश गराउने तयारी रहेको छ ।”

त्यस्तै, पार्टीका नेता तथा बौद्धिक व्यक्तित्व रामदेव यादवले पनि जनमतको मिसन र भिजनले गर्दा तल्लो तह देखिका जनताहरु जनमत प्रवेश गर्न चाहेको बताए । उनले पछिल्लो समय अन्य राजनीतिक दलहरुको बारेमा विभिन्न प्रश्नहरु उठिरहँदा र आलोचना भैरहेको समयमा जनमत पार्टीको संसदमा देखिएको भुमिका र राष्ट्रिय राजनीतिमा जनमतको सकारात्मक कदमले जनमत पार्टीनै राष्ट्र र जनताको हितमा काम गर्ने पार्टीको रुपमा स्थापित भएको बताए ।

May be an image of 11 people and people standing
जनमत पार्टीको उपस्थिती रुपन्देही मात्रै नभएर नवलपरासी , कपिलवस्तुमा पनि उत्तिकै प्रभाव देखिन्छ । यस क्षेत्रको पार्टी संगठनलाई विस्तार गर्न तथा जनमतको प्रभावलाई बलियो बनाउँन राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवको भुमिका रहेको बताइन्छ । राष्ट्रिय सचिव यादवले नवलपरासी ,कपिलबस्तु र नवलपरासी हुँदै लुम्बिनी प्रदेशको बाँके , बर्दिया सम्मनै संगठनलाई विस्तार गर्ने रणनीतिका साथ काम गरिरहेको बताए । उनले पार्टी विस्तार मात्र होईन आगामी निर्वाचनमा नतिजा दिने गरी अगाडी बढेको बताए । लुम्बिनी प्रदेशमा एक दर्जन सांसदहरु जनमत पार्टीबाट निर्वाचित बनाउने र संद्यियमा पनि कम्तिमा आधा दर्जन सांसदहरु बनाउने गरी लागि परेको बताए ।

“लुम्बिनी प्रदेशमा विस्तारै संगठन विस्तार र सुदृणिकरण हुन्छ”, यादव भन्छन् , “हाम्रो मिहिनेतले रुपन्देहीलाई हामीले बलियो किल्लाको रुपमा स्थापित गरिसकेका छौँ । संगठन ,कार्यकर्ता र नेतृत्वको हिसावले रुपन्देही जनमतको किल्लानै बन्दै गएको छ । त्यसको परिणाम निर्वाचनमा देखिने छ ।आगामी निर्वाचनमा रुपन्देहीका ६ पालिका ,३ प्रतिनिधी सभा र ६ प्रदेश सभा तर्फको जनमतका उम्मेदवारहरुले सहज जित निकाल्छन् ।त्यती मात्र होईन संगठन नवलपरासी , कपिलवस्तु हुँदै पश्चिम सम्मनै बलियो र विस्तार गरेर देशको निर्णायक पार्टी बनाउँने गरी काम गरिरहेका छौँ ।”

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?