मुलुक नितीगत भ्रष्टाचारमा लिप्त, श्रमजीवी हक अधिकारप्रती सरकार गैरजिम्मेवार

मुलुकमा शान्ति प्रक्रिया आएपछि धेरै परिवर्तन नआएका होइनन् । धेरै पटक सत्ता परिवर्तन, नेतृत्व र हरेक निति सिद्धान्तका विगुल जनता माझ दलका नेताहरुले निकै प्रचार समेत गर्न भ्याए । सोही श्रमजिवि वर्गको उत्थान गरिने बुँदाहरु सुनेर र देखेर आमनागरिकहरु पनि दलप्रति विश्वास राख्दै आए ।

तर, परिवर्तन ल्यायौ भनेर निकै चर्चा गर्न नछोड्ने दलका नेताहरुले श्रमजिवि वर्गहरुको हकहितका लागि उल्लेखित कुनै सिंको समेत भाँच्न नसकेको संयुक्त ट्रेड युनियन समन्वयन समितिका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठले जिकिर गरे । नेपालको वर्गिय आन्दोलन कमजोर बन्दै जानुको मुख्य जिम्मेवार सरकार नै भएको ठोकुवा गरे ।

रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश बुटवलले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै अध्यक्ष श्रेष्ठले श्रमिकको नजरबाट हेर्दा सरकार छ कि छैन भनेर सोच्नु पर्छ भन्दै यदी छ भने त्यो कि अन्धो छ, कि त्यो बहिरो छ भने । श्रमजिवि वर्गहरुको सम्मान र अधिकार स्थापित गर्ने सिंहदरवारको शासक र शासन परिवर्तन फेरिए पनि श्रमिकको अवस्था उस्तै रहेको दावी गरे । उनले देशमा जुनै दलका सरकार बने पनि सत्तामा रहेका बेला शासकहरु सामन्ती बनेको आरोप लगाए ।

उनले भने, नेपालमा नितिगत भ्रष्टाचार मौलाउँदै गएको बताउँदै अदालतले पनि श्रमिकले पाउने १० प्रतिशत पाउने सेवाशुल्क कटौती गरेकाले थप श्रमिकहरुमा मारमा परेको दुख व्यक्त गरे । जसको फाईदा होटल व्यवसायीलाई पुगेको छ । आफु बाँके र कैलालीमा गएको वेला होटलहरुले श्रमिकको कटौती शुल्कलाई मेनुमा राखेर परिकारहरुको मुल्य बढाएर लेखेको गुनासो गरे । उनले देशमा स्थिर सरकार नबन्दा श्रमिकका मुद्धाहरु सधै ओझेलमा परेको बताउदै सरकारले श्रमिकका अधिकारप्रति ध्यान नदिए कडा रुपमा सडक आन्दोलनमा उत्रिने चेतावनी दिए ।

साक्षात्कारमा नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय उपाध्यक्ष कमल गौतमले बढ्दै गएको बेथिती र मजदुरका हकअधिकारलाई सरकारले ध्यान नदिए राज्य विरुद्ध सडकमा उत्रिन बाध्य हुने बताए । उनले सामाजिक सुरक्षाको मुद्धालाई कार्यान्वयन गर्न देशभरी बिभिन्न कार्यक्रम र आन्दोलनका तयारी तिव्र पारिएको उल्लेख गरे ।

कार्यक्रम रिपोर्टर्स क्लव नेपालका लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?