बारामा सवारी दुर्घटना– १ जनाको मृत्यु, बालिका सहित २ घाइते

प्रलाद तिमल्सिना,
बारा । बारा सिम्रौनगढमा मोटरसाइकल एकआपसमा ठोक्कींदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

सिम्रौनगढ ५ कोल्डस्टोर टोल स्थितमा तेलकुवा सिम्रौनगढ नहर सडक खण्डमा टेटाबाट सिम्रौनगढ बजार तर्फ आउँदै गरेको ना १ प ६८८८ नं. को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको ना १८ प ५१४१ न. को मोटरसाइकल एक आपसमा ठोक्कीएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ना १ प ६८८८ न. को मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका वडा न. १० टेटा बस्ने अन्दाजी ६५ वर्षीय महाबिर साह कानुको मृत्यु भएको हो । विहिबार राती ८ बजे भएको दुर्घटनाका गम्भीर घाइते उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोही मोटरसाइकलमा पछाडी सवार मृतकको नातिनी १३ वार्षीया प्रिंयाशु कुमारी साहको खुट्टा र ढाडमा चोट लागे छ भने ना १८ प ५१४१ नं.को मोटरसाइकल चालक सिम्रौनगढ वडा न.४ गंगानगर बस्ने गोपी प्रसाद यादवको छोरा १८ वर्षका बाल्मिकी यादवको हात खुट्टामा चोट लागे्को मध्यम अवस्थामा प्रहरीको निगरानीमा उपचार भैरहेको प्रहरीले जनाएसको छ ।

मृतक कानुको शव पोष्ट मार्टमका लागि कलैया अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?