स्थानीय सरकारमा सार्वजनिक वित्त ब्यबस्थापन प्रणालीको सुदृढिकरणका लागि समितिहरुको अभिवृद्धि सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको आयोजना तथा “द एसिया फाउन्डेसन” को सहयोगमा लुम्बिनी प्रदेशको पाल्पामा भएको हो ।


कार्यक्रममा ६ ओटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र बिभिन्न समितिका सदस्यहरु, द एशिया फाउन्डेसनका सिनियर प्रोग्राम अफिसर प्रकृति नेपाल लगायतको सहभागिता रहेको थियो । गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेल प्रमुख प्रशिक्षक रहेको कार्यक्रममा स्थानीय श्रोत व्याक्ति अम्बिका बेलबासे श्रेष्ठले सहजीकरण गरेकी थिईन ।प्रमुख प्रशिक्षक राजेन्द्र प्याकुरेलले बिषयबस्तु माथि प्रकाश पार्दै हरेक पालिकामा रहेका बिभिन्न समिति हरुलाइ सकृय बनाउन पर्ने मा जोड दिए

गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य भवानी न्यौपानेको अध्यक्ष्यता, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिम बहादुर थापाको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य सरस्वती चिदिको विशिष्ट आथित्यता रहेको कार्यक्रम गाउँपालिका राष्ट्रिय महासंघका लुम्बिनी प्रदेश संयोजक रबिन गौतमको संचालनमा सम्पन्न भएको थियो ।














