प्रेम के हो ?

अर्घाखाँची । कुनै पनि चीज, भाव या रहस्यलाई परिभाषामा नउतारीकन मन शान्त हुँदैन। तर कयौं चिज यस्ता छन्, जसलाई परिभाषामा बाँध्न सकिन्न, व्याख्यामा समेट्न सकिन्न। कुनै किताब पढेर प्रेमलाई जान्न सकिन्न। कयौं ठूला अनुसन्धान र वैज्ञानिकहरूले समेत परिभाषामा समेट्न नसकेका कुरा हो प्रेम।

केही समय यता म आफुलाई गाउँ,सहर,टोल,समाज जतासुकै एउटा फेसनको रुपमा मौलाउदै गहिरेको प्रेम के हो त भन्ने बिषयमा मलाई खुव चासो बढ्न थाल्यो। जीवनलाई खुसी, सुखी र प्रेमपूर्ण जिउन प्रयत्नरत हामी सधैं एउटा प्रश्नमा अल्झिरहेका हुन्छौं – प्रेम के हो त ? प्रेमका अलवा अरू कुनै तुलनायोग्य वस्तु भएको भए प्रेम के हो प्रश्न गर्नु सान्दर्भिक हुन्थ्यो होला ?

प्रेम, प्रेम नै हो त्यसैले यसको कुनै अरु जवाफ मिल्दैन। सधैं तर्क र प्रश्नहरूले भरिएका हामीलाई प्रेम मान्छेको अस्तित्वको उपहार हो मात्र भनेर चित्त बुझ्दैन । विज्ञान, गणित र रसायनशास्त्र जानिसकेका हामीलाई पहिले गर्ने, मान्ने अनि ठन। प्रेमलाई प्रयोग गरेर हेर्ने कुनै प्रयोगशाला छैन। प्रेम आफैंमा एक रहस्यमय प्रयोगशाला हो, यसलाई अनभूति मात्र गर्न सकिन्छ । अनुभूति र अनुभवको नाम नै प्रेम हो। सृष्टिको स्रोत हो। प्रेमको कारण हामीले जीवन पाएका छौं। प्रेमविना यो जीवन सम्भव थिएन तर विडम्बना रहस्यलाई रहस्यकै रूपमा अनुभूति गर्न छाडेर परिभाषामा अल्झेका रहेछौं हामी।

प्रेमको स्वरूपका खोलाहरू संसारमा अनगिन्ति छन् । धेरै बगे कति बीचमै सुके अनि कति सागरको काखमा लुट्पुटिए, खोलाले ढुंगामा छिचोल्यो, बगर छिचोल्यो, ढिस्को काट्यो, गल्छी भेट्यो, पहाड काट्यो, मैदान बगायो, संघर्ष र पीडाका क्षणहरू एकरएक गर्दै सह्यो अनि बल्ल प्रेम प्रेममा गएर विलीन भयो, प्रेमपूर्ण भयो, एक भयो जस्तो मलाई लाग्थ्यो । तर बिस्तारै – मलाई प्रेमको व्यापक स्वरूपका बीचमा मेरा नयनको अगाडि बढी जसो युवक र युवतीका बीचको प्रेम देखा पर्न थाल्यो।स्त्री र पुरुष दुवै एकअर्कासङ्ग प्रेम गरिरहेको जस्तो तर खास उनिहरु एकअर्कासङ्ग प्रेम मागिरहेको मैले बुझे।

किशोरावस्थामा जतिले महसुस गरे त्यो प्रायः माया नभएर एउटा आकर्षण मात्रै हो, जसलाई हामी प्रेम नाम दिएर झुक्किरहेका हुन्छौं तर यो सत्य हो कि ‘आकर्षण’ मायाको पहिलो खुट्किला हो।तर आजको मान्छे केवल आकर्षणलाई प्रेम सम्झिन्छ। उनीहरुको प्रेम क्षणिक हुन्छ। विस्तारै आकर्षण कम हुँदै जाँदा त्यस्ता प्रेम हराउँदै जान्छन्।
क्षणिक आकर्षण भंग भएसँगै प्रेम पनि समाप्त हुन्छ।

अचेल सबैका इच्छा र आकांक्षा अनि जीवनको एक मात्र धोको नै प्रेम बनेको छ कि बाँचुञ्जेल प्रेमको आश, नमरुञ्जेल प्रेमको इच्छा अनि भोगुञ्जेल प्रेमको प्यास, तृप्तताको प्रयासमा अतृप्त रहेको प्रेमले मानिसको बुद्धिमता मस्तिष्कलाई नराम्ररी घुमाइदिएको हुन्छ। प्रेमको लागि हरेक कुरा जायज हुन्छ। आफ्नो प्रेम प्राप्तिको लागि मान्छे हरेक कुरा त्याग्न तयार हुन्छ, सारा संसारसँग लड्न सक्छ। प्रेमले मान्छेलाई शक्ति दिन्छ, खुसी दिन्छ। तर यदि प्रेम झूटो भयो भने जीवननै बर्बाद पारिदिन्छ। वास्तवमा हाम्रो भित्रबाट स्वस्फूर्त रूपमा प्रेम प्रकट हुन दिएकै छैनौं हामीले।

अहंकार स्वरूप हामीले आफैं प्रेम गरेका छौं भन्ने भ्रममा परेका छौं। त्यही कारणले त संसारमा घृणा र द्वेष फैलिएको छ।। संसारमा वास्तविक प्रेम के हो त भनेर धेरैले जान्न खोजे थुप्रै बिद्धान र साहित्यका साधकहरूले छरपस्टिएका प्रेमका स्वरूपहरूलाई बटुले, एकत्रित गरिरहे अनि बेलिविस्तारका साथ पस्किने कोशिश गरिरहेका छन र पनि प्रेमको ठेट कुरा पत्ता लगाउन सकेनन् प्रेमलाई शतप्रतिशत सम्बोधन गर्न सक्ने सायदै कुनै परिभाषा नै बनेको छैन्। तर ज–जस्ले आफ्नो अनुभवको आधारमा आफ्नो तरिकाले परिभाषित गरे उनिहरुको नजरमा त्यो गलत पनि पक्कै होइन।

मैले लेखेका कुराहरु पनि शतप्रतिशत ठिक छन भन्ने चै होइन तर मैले बुझे अनुसार प्रेम एउटा अनुभूति हो, एउटा रहस्य हो र एउटा राज हो। प्रेम बिनाको जीवन कुनै न कुनै अर्थमा असन्तुलित हुन्छ। प्रेमले जीवनमा सन्तुलन, सन्तोष र परितृप्ति ल्याउँछ।यसमा जति तर्क र बुद्धि लगाए पनि, मन जति मालिक हुन खोजे पनि यो रहस्यमै रहन्छ। यो रहस्यको आनन्दमा डुब्नुजतिको समझदारी अरू हुनै सक्दैन।। जीवन अन्त हुन्छ,जिन्दगी अन्त हुन्छ, भौतिक प्रपन्च सारा अन्त हुन्छ। तर म चाहान्छु । प्रेमको यो बाटो कहिले अन्त नहोस्।१ प्रेमको यो सिलसिला युगौयुग चलिरहोस,चलिरहोस

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमल घिमिरे
लेखकको बारेमा

कमल घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका साहित्य लेखक हुन्।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?