कता जादैछ हाम्रो भाषा अनि सस्कृति ?

भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति ।
जित वैभव भाषामै रहन्छन् पछिसम्म यी ।।

बालकृष्ण समको प्रस्तुत कवितांशले सबै खाले उदय, उन्नति, हाम्रा जितका कथाहरु र सम्पदाहरु भाषामै जीवित रहन्छन् यो इतिहास हो भनेर बताइरहेको छ ।

कुनै पनि देशलाई कमजोर बनाउदै त्यसको अस्तित्व समाप्त पार्नु छ भने अणु र एटम बमको प्रयोग गर्नु पर्दैन । त्यहाँको भाषा र संस्कृतिमाथि प्रहार गरे पुग्छ ।

अहिले नेपाली सस्कृतिका विरुद्धमा जे भइरहेको छससमय सापेक्षताका लागि होइन स्वार्थपूर्तिका लागि भइरहेको छ । संसार हाक्ने पूवीय दर्शनका हकदारलाई पश्चिमी दासहरुले पैसाकै आड भरोसामा हामीलाई पिडा दिइरहेकाछन् । शासनसत्ता र कुत्सित राजनीतिको बुइ चढेर हाम्रो आस्थामाथी प्रहार गरिएको छ । पूर्वीय सभ्यताको जननी सस्कृत भाषा, संस्कृति अनि साहित्यलाई हामीबाट खोसेर उनीहरुले आफ्नो बैभव बनाइरहेको सन्दर्भ निकै डरलाग्दो देखिन्छ ।यहाँ हामीलाई उल्टै अंग्रजीको हाउगुजी देखाएर दास बनाइरहेछन् । यो कुरोको चिरफार हुन ढिलो भइसकेको छ । हामी त यति ठूलो भ्रममा छौं नि, अंग्रेजी जान्नु भनेको महाज्ञान जान्नु हो भने अंग्रेजी नजान्नु भनेको गँवार हुनु हो, केहि नजान्नु हो। हामीलाई यस्तो बेकारको भेडो बनाउनका लागि उनीहरुमको ठूलो लगानी छ । व्यवस्थित लगानी छ । रहस्यको गहिरो राजनीति छ । माहोल यस्तो बनाइएको छ की हामी अंग्रेजीको हाउगुजीले त्रस्त छौं र आफ्ना नानीबाबुलाई अंग्रेजीमात्रै जान्ने बनाउन ध्याउन्नमा दिनरात लागिपरेका छौँ ।

हाम्रो पुर्वीय सभ्यताको जननी सस्कृत भाषालाई हामीबाट विस्थापित गराउन पश्चिमाहरु र तिनीहरुका भक्तहरुले ठूलो कसरत गरे । एक हदसम्म उनीहरु सफल पनि भए । आज पू्र्खाले नासोका रुपमा दिएको त्यो भव्य संस्कृति अनि सस्कृत भाषालाई इतिहासको विषयका रुपमा सीमित गराउने प्रयास देखिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?